२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

रसुवा बाढी प्रभावितका लागि गैरे परिवारको १० लाख रुपैयाँ सहयोग

रसुवा, भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रकाश दिप गैरे र सुशीला कट्टेल गैरेले  १० लाख १ हजार १ सय रुपैया सहायता प्रदान गरेका छन् । ईश्वरीय मार्ग भजन मण्डल, सच्चाई केन्द्र नेपालका प्रमुख एवं आकाङ्क्‌षा टुर्स एण्ड ट्राभल्स पोखरा प्रा.लि.का प्रबन्ध निर्देशक गैरे र सच्चाई केन्द्र नेपालकी वरिष्ठ उपप्रमुख कट्टेल गैरेले व्यक्तिगत, व्यावसायिक तथा पारिवारिक तर्फबाट उक्त रकम सहयोग गरेको बताएका छन् ।

बाढीका कारण जनजीवन प्रभावित भएको अवस्थामा पीडित परिवारलाई राहत तथा सहयोगको आवश्यकता बढेको भन्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराएको बताईएको छ । बाढी प्रभावित सम्पूर्ण नागरिकप्रति दुःख व्यक्त गर्दै कठिन अवस्थामा मानवीय सहयोग आवश्यक रहेको बताएका छन् । विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको बताउदै विपद्का बेला गरिने सहयोग आर्थिक रूपमा मात्र सीमित नभई करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति पनि भएको गैरेले बताए । प्रधानमन्त्री राहत उद्धार कोषमा सहयोग रकम जम्मा गर्दै देश अप्ठ्यारो अवस्थामा परेको अवस्थामा सबै नागरिकले सकेको सहयोग गर्नु नागरिकको कर्तब्य र दायित्व भएको पनि गैरेले उल्लेख गरे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।