
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष सुशिला कट्टेल गैरे सम्मानित भएका छन्। राष्ट्रिय कला, संगीत र स्रष्टाको सम्मान कार्यक्रम–२०८३ अन्तर्गत आयोजित चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३ समारोहमा नेतृत्वद्वय गैरेलाई ‘प्रेरणादायी वक्ता सम्मान’द्वारा सम्मानित गरिएको हो। सामाजिक एकता, मानव सेवा, सकारात्मक सोच तथा आपसी सद्भावको प्रवद्र्धनमा पुर्याउँदै आएको योगदानको कदरस्वरूप उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। समाजमा सकारात्मक सोचको विकास, मानवीय मूल्य–मान्यताको संरक्षण तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन नेतृत्वद्वयले निरन्तर विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालको केन्द्रीय नेतृत्वमा रहेर अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष सुशिला कट्टेल गैरेले आत्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनीहरूको सक्रियताले सामाजिक सद्भाव, मानव सेवा र सकारात्मक जीवनशैलीप्रति मानिसलाई प्रेरित गर्न सहयोग पुगेको बताइएको छ। उक्त सम्मान समारोह काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियो। कार्यक्रममा कला, संगीत, संस्कृति तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका विभिन्न स्रष्टा, कलाकार, सामाजिक अभियन्ता तथा विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली कला तथा संगीत क्षेत्रको विकासमा योगदान पुर्याउने कलाकार र स्रष्टाहरूको सम्मानसँगै समाजका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएका व्यक्तित्वहरूको योगदानलाई समेत कदर गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता सम्मान कार्यक्रमले कला, संगीत र सिर्जनशील क्षेत्रसँगै सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरूलाई थप प्रोत्साहन मिल्ने तथा समाजमा सकारात्मक काम गर्ने व्यक्तिहरूको योगदानलाई सार्वजनिक रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। सम्मान प्राप्त गरेपछि नेतृत्वद्वय गैरेले सामाजिक एकता, मानव सेवा, सकारात्मक सोच र मानवीय मूल्यको प्रवद्र्धनमा आफूहरूको सक्रियता आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
रसुवा, भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रकाश दिप गैरे र सुशीला कट्टेल गैरेले १० लाख १ हजार १ सय रुपैया सहायता प्रदान गरेका छन् । ईश्वरीय मार्ग भजन मण्डल, सच्चाई केन्द्र नेपालका प्रमुख एवं आकाङ्क्षा टुर्स एण्ड ट्राभल्स पोखरा प्रा.लि.का प्रबन्ध निर्देशक गैरे र सच्चाई केन्द्र नेपालकी वरिष्ठ उपप्रमुख कट्टेल गैरेले व्यक्तिगत, व्यावसायिक तथा पारिवारिक तर्फबाट उक्त रकम सहयोग गरेको बताएका छन् ।
बाढीका कारण जनजीवन प्रभावित भएको अवस्थामा पीडित परिवारलाई राहत तथा सहयोगको आवश्यकता बढेको भन्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराएको बताईएको छ । बाढी प्रभावित सम्पूर्ण नागरिकप्रति दुःख व्यक्त गर्दै कठिन अवस्थामा मानवीय सहयोग आवश्यक रहेको बताएका छन् । विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको बताउदै विपद्का बेला गरिने सहयोग आर्थिक रूपमा मात्र सीमित नभई करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति पनि भएको गैरेले बताए । प्रधानमन्त्री राहत उद्धार कोषमा सहयोग रकम जम्मा गर्दै देश अप्ठ्यारो अवस्थामा परेको अवस्थामा सबै नागरिकले सकेको सहयोग गर्नु नागरिकको कर्तब्य र दायित्व भएको पनि गैरेले उल्लेख गरे ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा आज देशभर राष्ट्रिय शोक व्यक्त गरिँदैछ । सरकारले सोमवार (आज) बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक व्यक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज देशभरका सरकारी कार्यालय, प्रशासनिक केन्द्र सिंहदरबार तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत भदौ १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बाढीमा परी ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । सोही दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान र शोक प्रकट गर्न सरकारले यो कदम चालेको हो ।
पोखरा फोटोग्राफर सङ्घको ४५ औँ वार्षिक साधारण सभा तथा २५औँ अधिवेशनले नन्दकला पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । शनिवार पोखरामा सम्पन्न अधिवेशनले सङ्घको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व पाएको हो । पोखरा महानगरपालिका–५ निवासी पौडेल २०७२ सालदेखि सङ्घमा आबद्ध हुँदै विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी हुन ्। उनले कार्यसमिति सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको भूमिका सफलतापूर्वक सम्हालेपछि अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी हुन ।
२०३९ सालमा स्थापना भएको पोखरा फोटोग्राफर सङ्घ नेपालका पुराना फोटोग्राफर संस्थामध्ये एक हो । स्थापनादेखि ४५ वर्षको यात्रामा सङ्घले २२ जना अध्यक्ष पाइसकेको छ । र नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी पति पौडेल, सचिवमा अग्निधर तिमिल्सिना र कोषाध्यक्षमा राजु प्रसाद तिमिल्सिना निर्वाचित भएका छन्। सदस्यहरूमा प्रकाश पौडेल, प्रेम श्रेष्ठ, मिरु लम्साल, चन्द्रप्रकाश ढुङ्गाना र बविता पौडेल चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
अधिवेशनको उद्घाटन कास्की क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेलले गरेका थिए। सङ्घका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घको स्मारिका विमोचन गरिएको थियो । सोही अवसरमा फोटोग्राफी क्षेत्रमा योगदान तथा उत्कृष्ट सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले पाँचौँ संस्करणको पोखरा फोटोग्राफी अवार्डसमेत प्रदान गरिएको छ। अवार्डअन्तर्गत विभिन्न नौ विधामा उत्कृष्ट फोटोग्राफर तथा सिर्जनालाई सम्मान गरियो । अवार्डका लागि गठित जुरी कमिटीको संयोजकमा संस्थाका पुर्व अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेल रहेका थिए । संघमा हाल करिब ३०० सदस्य आबद्ध रहेकोमा २५औँ अधिवेशनसम्म १८८ सदस्यले सदस्यता नवीकरण गरेको संघले जनाकारी दिएको छ ।





