२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

पोखरा फोटोग्राफर सङ्घले पहिलोपल्ट पायो महिला नेतृत्व 

पोखरा फोटोग्राफर सङ्घको ४५ औँ वार्षिक साधारण सभा तथा २५औँ अधिवेशनले नन्दकला पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन  गरेको छ । शनिवार पोखरामा सम्पन्न अधिवेशनले सङ्घको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व पाएको हो ।  पोखरा महानगरपालिका–५ निवासी पौडेल २०७२ सालदेखि सङ्घमा आबद्ध हुँदै विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी हुन ्। उनले कार्यसमिति सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको भूमिका सफलतापूर्वक सम्हालेपछि अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी हुन । 

२०३९ सालमा स्थापना भएको पोखरा फोटोग्राफर सङ्घ नेपालका पुराना फोटोग्राफर संस्थामध्ये एक हो । स्थापनादेखि ४५ वर्षको यात्रामा सङ्घले  २२ जना अध्यक्ष पाइसकेको छ ।   र नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी पति पौडेल, सचिवमा अग्निधर तिमिल्सिना र कोषाध्यक्षमा राजु प्रसाद तिमिल्सिना निर्वाचित भएका छन्। सदस्यहरूमा प्रकाश पौडेल, प्रेम श्रेष्ठ, मिरु लम्साल, चन्द्रप्रकाश ढुङ्गाना र बविता पौडेल चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

अधिवेशनको उद्घाटन कास्की क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेलले गरेका थिए। सङ्घका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घको स्मारिका विमोचन गरिएको थियो । सोही अवसरमा फोटोग्राफी क्षेत्रमा योगदान तथा उत्कृष्ट सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले पाँचौँ संस्करणको पोखरा फोटोग्राफी अवार्डसमेत प्रदान गरिएको छ। अवार्डअन्तर्गत विभिन्न नौ विधामा उत्कृष्ट फोटोग्राफर तथा सिर्जनालाई सम्मान गरियो । अवार्डका लागि गठित जुरी कमिटीको संयोजकमा संस्थाका पुर्व अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेल रहेका थिए । संघमा हाल करिब ३०० सदस्य आबद्ध रहेकोमा २५औँ अधिवेशनसम्म १८८ सदस्यले सदस्यता नवीकरण गरेको संघले जनाकारी दिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।