२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

प्रकाश दीप गैरे र सुशलिा कट्टेल गैरे प्रेरणादायी वक्ता सम्मानद्वारा सम्मानीत

ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष सुशिला कट्टेल गैरे सम्मानित भएका छन्। राष्ट्रिय कला, संगीत र स्रष्टाको सम्मान कार्यक्रम–२०८३ अन्तर्गत आयोजित चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३ समारोहमा नेतृत्वद्वय गैरेलाई ‘प्रेरणादायी वक्ता सम्मान’द्वारा सम्मानित गरिएको हो। सामाजिक एकता, मानव सेवा, सकारात्मक सोच तथा आपसी सद्भावको प्रवद्र्धनमा पुर्‍याउँदै आएको योगदानको कदरस्वरूप उनीहरूलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। समाजमा सकारात्मक सोचको विकास, मानवीय मूल्य–मान्यताको संरक्षण तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन नेतृत्वद्वयले निरन्तर विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालको केन्द्रीय नेतृत्वमा रहेर अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष सुशिला कट्टेल गैरेले आत्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनीहरूको सक्रियताले सामाजिक सद्भाव, मानव सेवा र सकारात्मक जीवनशैलीप्रति मानिसलाई प्रेरित गर्न सहयोग पुगेको बताइएको छ। उक्त सम्मान समारोह काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियो। कार्यक्रममा कला, संगीत, संस्कृति तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका विभिन्न स्रष्टा, कलाकार, सामाजिक अभियन्ता तथा विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली कला तथा संगीत क्षेत्रको विकासमा योगदान पुर्‍याउने कलाकार र स्रष्टाहरूको सम्मानसँगै समाजका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएका व्यक्तित्वहरूको योगदानलाई समेत कदर गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता सम्मान कार्यक्रमले कला, संगीत र सिर्जनशील क्षेत्रसँगै सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरूलाई थप प्रोत्साहन मिल्ने तथा समाजमा सकारात्मक काम गर्ने व्यक्तिहरूको योगदानलाई सार्वजनिक रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। सम्मान प्राप्त गरेपछि नेतृत्वद्वय गैरेले सामाजिक एकता, मानव सेवा, सकारात्मक सोच र मानवीय मूल्यको प्रवद्र्धनमा आफूहरूको सक्रियता आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।