नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य सोमबारको तुलनामा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ कम हो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। सोमबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ कम हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।










