पोखरा महानगरपालिका वडा नम्बर १४ मा रहेको विशाल नगर आमा समूहको पाँचौँ अधिवेशनबाट प्रतिमा गिरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न अधिवेशनको उद्घाटन गर्दे पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले सामूहिकतामा नै एकता हुने भएकोले आमा समूहलाई बलियो र सशक्त बनाएर लैजान नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो । साथै अध्यक्ष कार्कीले विगतका दिनमा टोलमा हुने हुने गरेका विभिन्न गतिविधिमा आमा समूहको सक्रिय सहभागिता रहेको जनाउँदै आगामी दिनमा पनि सक्रियता कायमै रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

अधिवेशनले आगामी दूइ बर्षिय कार्यकालको लागी उपाध्यक्षमा यशोदा गौतम, सचिवमा यशोदा रेग्मी,कोषाध्यक्षमा सङ्गीता गैह्रे र सहसचिवमा शारदा तिवारीलाई निर्वाचित गरेको छ । त्यसै गरी समूहको सदस्यमा राधिका ढुङ्गाना, विष्णु शर्मा, शर्मिला कोइराला, सङ्गीता सुवेदी, बिनम गुरुङ, सरस्वती कोइराला, सङ्गीता श्रेष्ठ, बौमाया गुरुङ र रुबि गुरुङ निर्वाचित भएका छन् । कार्यक्रममा मादी गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष अध्यक्ष मनोज कुमार गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य कृष्णहरि काफ्ले, तनुजा थापा तथा छिमेकी आमा समूहका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गरेका थिए ।











