एगा पोखराको कच्चा पदार्थ संबन्धी जानकारी तथा सिप बिकास कार्यक्रम अन्र्तगत गरिएको अबलोकन भ्रमण अन्र्तगत बागलुङ्ग जिल्लाको ताराखोला गाऊपालिकामा रहेको अल्लो उद्योगको भ्रमण सम्पन्न भएको छ । नेपाली उत्पादनलाई बजारीकरणको लागि सहजीकरण गर्ने उद्धेश्यले एगाले भ्रमण गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । स्वदेशमा उत्पादन भएका बस्तुको बिस्व बजारमा पुग्नका लागि आफुहरुको पनि सहकार्य आबस्यक ठानी भ्रमण गरिएको सो अबसरमा उहाँले जानकारी दिनुभयो । करिव एक हप्ताको भ्रमण अबधीमा एगाले प्युठान र बागलुङ्ग जिल्लाका बिभिन्न उद्योगहरुको अबलोकन तथा अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ । ५३ जनाको टोलीले अबलोकन भ्रमण पछि पोखराको पर्यटकिय क्षेत्र लेकसाईडमा उद्योग बाट उत्पादित बस्तुहरुकोे बजारीकरण गर्ने बाताबरण र्निमाणका लागि सहजिकरण गर्ने बताइएको छ । नेपाललाई बिस्वभरी परिचित गराउनका लागि जसरी बिगत देखि एगाले भुमिका र्निभाह गरिरहेको छ त्यसरीने नेपाली बस्तुको उत्पादन तथा बजारीकरणमा टेवा पुर्याउने यो भ्रमणको लक्ष रहेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।











