‘हेलो ! प्रचण्ड बाजे, कता हुनुहुन्छ ? हाम्रो यहाँ पूर्व रुकुमबाट चुनाव जितेर मात्रै जानुभो, यहाँ पुलको हाल हेर्नुस् यस्तो छ । भाँच्चिएर हामी खोलाबाट तरेर जानुपर्छ । गाईबाछालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ । बच्चाहरू यहाँबाट स्कुल आवतजावतसमेत गर्छन् । तिनीहरूलाई पनि बगाउन सक्छ । त्यही भएर यहाँ पुल बनाइदिनुपर्यो,’ उनले भिडियोमा भनेकी छन् ।

आइतबार साँझ करिब ८ बजे फेसबुकमा पोस्ट गरिएको भिडियो भाइरल बनेको छ। भिडियोमा प्रतिक्रिया र कमेन्ट गर्नेहरूको संख्या नि निकै धेरै छ ।
विशेषगरी बर्खाको समयमा खोलामा पानीको बहाव बढ्दा जोखिम थपिने गरेको र यही बाटोबाट विद्यालय जाने बालबालिकासमेत आवतजावत गर्ने भएकाले कुनै अप्रिय घटना हुनुअघि नै पुल निर्माण वा मर्मत गर्नुपर्ने उनको माग छ ।
उनको यो भिडियोले स्थानीय समस्यालाई राष्ट्रिय बहसमा ल्याइदिएको र निर्वाचन जितेपछि आफ्नो क्षेत्रमा कम आउने नेताहरूलाई दबाब दिएको उनका प्रशंसकहरूले बताएका छन् । १५ वर्षीया किशोरीले सामाजिक सञ्जालमार्फत उठाएको पुलको विषयले सम्बन्धित निकायलाई तत्काल ध्यान दिनुपर्ने दबाबसमेत सिर्जना गरेको छ ।











