२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

नेकपा सांसद आलेमगरको टिप्पणीः ‘गाँजा, भाङ, धतुरो सेवन गरेर सवारी चलाए दुर्घटना निश्चित छ’

राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साह लक्षित गर्दै तिब्र गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी साधन र त्यसको चालकको कार्यशैलीलाई लिएर सांकेतिक टिप्पणी गर्नुभएको छ । 
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद आलेमगरले सवारीको गति र चालकको सन्तुलन नमिल्दा गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिनुभयो । सांसद आलेमगरले ट्राफिक नियमको बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने नारालाई उद्धृत गर्दै द्रुत गतिमा चल्ने सवारीका जोखिमबारे चर्चा गर्नुभयो । उहाँले चालक दक्ष र सचेत भए मात्र गन्तव्य सुरक्षित हुने बताउँदै यदि चालकले मादक पदार्थ वा लागुपदार्थ (गाँजा, भाङ, धतुरो) सेवन गरेर सवारी चलाएमा दुर्घटना निश्चित रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री साहले चितवनमा पार्टीको पहिलो महाधिवेशनका क्रममा वर्तमान सरकार ‘एक्सप्रेस’ वेमा रहेको बताउनुभएको थियो । 
उहाँले भन्नुभयो,‘लोकल गाडीको तुलनामा एक्सप्रेस गाडीले छिटो गन्तव्यमा पु¥याउँछ, त्यो सकारात्मक पक्ष हो।  तर एक्सप्रेस गतिको गाडी चलाउने चालक कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यस्तो अवस्थामा दुर्घटना अवश्यम्भावी छ र त्यसले पु¥याउने क्षतिको कुनै पूर्वानुमान गर्न सकिँदैन ।’
सांसद आलेमगरले एक्सप्रेस र लोकल गाडीको छनोट गर्दा चालकको अवस्था र नियमको पालनालाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।