२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

ऐनापहरामा यात्रुबाहक बस दुर्घटना

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत ऐनापहरामा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस आइतबार दुर्घटनामा परेको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट हालसम्म दुई जनाको उद्धार गरिएको छ। बस मर्याङ्दी नदीको किनारमा पल्टिएको अवस्थामा फेला परेको हो। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको जनाइएको छ। थप यात्रुहरू बसमा थिए कि भनेर खोजी कार्य जारी रहेको छ।

यसअघि २०८१ साल भदौ ७ गते पनि ऐनापहरामा भारतीय तीर्थयात्री सवार बस मर्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।