आइतबार एकैदिन सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ थियो।
यसअघि, वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च विन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।
चाँदीको भाउ पनि बढ्यो
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ।
अघिल्लो दिन प्रतितोला २,२३५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २,२५० रुपैयाँ पुगेको हो।











