२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

पाेखरामा सेभर एयरलाइन्स बुकिङ तालिम सुरू

पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखराका विभिन्न ट्राभल कम्पनीका सदस्यहरूका लागि तीनदिने सेभर (Sabre) एयरलाइन्स टिकट बुकिङसम्बन्धी बेसिक तालिम आजबाट सुरु भएको छ। नाट्टा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा नाटा गण्डकी प्रदेशका अध्यक्ष सङ्गीता पौडेलले तालिमको औचित्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो।

​प्रमुख एयरलाइन्सहरूमध्ये फ्लाइ दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरी दुबईमार्फत विश्वका १३० भन्दा बढी राष्ट्रहरूसँग जोड्ने कनेक्टिभिटी सुरु गर्न लागेको छ। सोही उडानलाई मध्यनजर गर्दै पर्यटन तथा उड्डयन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यका साथ यो तालिम आयोजना गरिएको तालिम संयोजक तथा नाट्टा गण्डकी प्रदेशका कार्यसमिति सदस्य विकास निरौलाले जानकारी दिनुभयो।

​बेसिक लेभलको भएकाले हाललाई तीन दिन मात्र सञ्चालन गरिएको यस तालिममा सहभागीहरूले प्रतिदिन ३ घण्टਾका दरले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्त गर्नेछन्। यसप्रकारका तालिमले पोखराका ट्राभल व्यवसायी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि हुनुका साथै अन्तर्राष्ट्रिय उडान सञ्चालनका समयमा सेवा प्रवाह गर्न थप सहजता हुने विश्वास लिइएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।