रानाभाट/भाट समाज नेपाल केन्द्रीय समितिले संगठन विभाग गठन गरेको छ। समाजको विधान २०४७ (संशोधित २०६९ र २०७३) को धारा १५ को उपधारा ४ मा व्यवस्था भएअनुसार तथा केन्द्रीय समितिको २०८३/४/१० गते बसेको बैठकको निर्णय र अध्यक्षको परामर्शबमोजिम संगठन विभाग गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको हो।

गठित संगठन विभागमा शिवलाल रानाभाट (कास्की, हाल काठमाडौं) लाई उपसंयोजक र रेसम रानाभाट (गोरखा, हाल काठमाडौं) लाई सचिवको जिम्मेवारी दिइएको छ। त्यस्तै सदस्यहरूमा राजु रानाभाट बर्मेलीलाई बागमती प्रदेश प्रमुख, शर्मिला रानाभाटलाई गण्डकी प्रदेश प्रमुख र माधव भाटलाई लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेश प्रमुख भने पछि मनोनयन गरिने जनाइएको छ। विभागका अन्य सदस्यहरूमा सन्तबहादुर रानाभाट (नवलपुर), गंगा रानाभाट (कास्की), बाबुराम रानाभाट (तनहुँ) र खिमबहादुर रानाभाट (बर्दिया) रहेका छन्। समाजले आवश्यकता अनुसार संगठन विभागमा सदस्य थपघट गर्न सकिने जनाएको छ।











