२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

 

पोखरामा गत फागुनमा भएको २५ औँ संस्करणको आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार बचत भएको छ । आयोजक सहारा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगिताका संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलेले दिएको जानकारी अनुसार प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपियाँ आम्दानी भएकोमा १ करोड ३० लाख १ हजार ६ सय ४६ रुपियाँ खर्च भई ३ लाख २१ हजार ८ सय ३९ रुपियाँ बचत भएको हो । आहारारा गोल्ड कपलाई मुख्य प्रयोजक हिमश्री फुड्सले ३० लाख १८ हजार, प्रदेश खेलकुद परिषद्ले १० लाख, पोखरा महानगरपालिकाले १० लाख, सहारा हङ्गकङ्गले ५ लाख सहयोग गरेको गुरुङले बताउनुभयो । गेट टिकटबाट ८ लाख ३३ हजार ५ सय आम्दानी भएको गुरुङले बताउनुभयो । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले आहारारा गोल्ड कपको रजत वर्ष मनाउँदा थप १० लाख खर्च हुँदा बचत कम भएको र राष्ट्रिय खेलकुद परिषद्ले विनियोजन गरेको १० लाख प्राप्त नभएको जानकारी दिनुभयो । प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लबले पोखरा १७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन भएको थियो । २५ औँ संस्करणको आहारारा गोल्ड कपको उपाधि आयोजक सहारा क्लबले जितेको थियो । प्रतियोगितामा १२ टिम सहभागी भएका थिए ।

पूर्वी चीनको तटीय सहर छिङताओस्थित एक पानीजहाज मर्मत केन्द्र (सिपयार्ड) मा रहेको विदेशी मालवाहक जहाजमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार बिहीबार बिहान करिब ११:१५ बजे ‘चाइना स्टेट सिपिङ कर्पोरेसन छिङताओ बेइहाइ सिपिङ’ मा मर्मतका लागि राखिएको जहाजमा अचानक आगो सल्किएको थियो। आगलागी भएको समयमा जहाजमा ४२ जना सवार थिए। घटनालगत्तै स्थानीय आपत्कालीन व्यवस्थापन, दमकल, प्रहरी तथा स्वास्थ्यकर्मीहरूको ठूलो टोली उद्धारमा खटिएको थियो। उद्धार टोलीले जहाजमा रहेका १२ जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते भएका पाँच जनालाई तत्काल स्थानीय अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था हाल स्थिर र खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन्। दमकलकर्मीहरूको निरन्तर प्रयासपछि दिउँसो करिब २:३० बजे आगो नियन्त्रणमा आएको थियो। आगलागीपछि सुरुमा २५ जना बेपत्ता भएको बताइएको थियो । तर, जहाजभित्र खोजी गर्ने क्रममा उद्धारकर्मीहरूले बेपत्ता सबै २५ जनालाई मृत अवस्थामा  फेला पारेको स्थानीय प्रशासनले बिहीबार साँझ पुष्टि गरेको छ। जहाजमा आगो लाग्नुको यकिन कारण खुल्न सकेको छैन भने घटनाबारे प्राविधिक टोलीले विस्तृत अनुसन्धान सुरु गरेको जनाइएको छ।

आज भाद्र कृष्ण औँसी अर्थात् सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ‘कुशे औँसी’ घरघरमा पवित्र कुश भित्र्याएर श्रद्धापूर्वक मनाइँदैछ। वर्षभरि गरिने सम्पूर्ण देवकार्य तथा पितृकार्यका लागि आजकै दिन पुरोहितद्वारा मन्त्रोच्चारण गरी उखेलिएको कुश भण्डारण गर्ने धार्मिक एवं शास्त्रीय मान्यता रहिआएको छ। यस दिनलाई सन्तानले आफ्ना जन्मदाता पिताप्रति श्रद्धा, आदर र कृतज्ञता प्रकट गर्दै मीठा परिकार तथा वस्त्र उपहार दिएर ‘बुवाको मुख हेर्ने’ विशेष पारिवारिक पर्वका रूपमा समेत उल्लासका साथ मनाउने गरिन्छ। यही तिथिसँगै आज नेपाली गजल तथा आधुनिक साहित्यका युगप्रवर्तक युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती पनि मुलुकभर साहित्यिक कार्यक्रमका साथ मनाइँदैछ। वि.सं. १९२३ को कुशे औँसीमा जन्मिएर १९५३ सालको कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमा परलोक भएका राष्ट्रिय विभूति भट्टले भानुभक्तको रामायण प्रकाशमा ल्याउनुका साथै नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएका थिए। यसै अवसरमा नेपाली शिक्षा परिषद् र प्रज्ञा प्रतिष्ठानसहित विभिन्न साहित्यिक संघसंस्थाले कवि सम्मेलन तथा मोती पुरस्कार वितरणजस्ता कार्यक्रम आयोजना गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।