२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

संसद्‌मा एमाले सांसद बरालले मागिन् प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

२२ साउन २०८३

 

नेकपा एमालेकी सांसद यशुदा बरालले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेकी छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै बरालले शान्ति सुरक्षा कायम गर्न र जनताका समस्या सम्बोधन गर्न सरकार पूर्णतः असफल भएको दाबी गरिन् । 

सुनसरीमा भएको साम्प्रदायिक तनावको विषय उठाउँदै उनले हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने नाराका साथ सबै नेपाली एक भएर बस्नुपर्नेमा जोड दिइन् । यसै सन्दर्भमा उनले सरकारको नैतिकतामाथि प्रश्न उठाएकी हुन् । 

‘हिजो नैतिकताको कुरा गर्ने प्रधानमन्त्री र गृहमन्त्री आज कहाँ हुनुहुन्छ ?, सांसद बरालले प्रश्न गरिन्, ‘यदि सरकारले देशमा शान्ति सुरक्षा दिन सक्दैन भने उनहरूले तत्काल राजीनामा दिनुपर्छ। संसद्‌मा १८२ जना सांसदहरू हुनुहुन्छ, अरू कसैले सरकार चलाउनुहुन्छ । तर यो असफल नेतृत्व अब चल्न सक्दैन।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।