२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

कांग्रेस इतरपक्षको भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

२२ साउन २०८३

नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । कांग्रेस इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले साउन २९ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेता कोइरालाले राष्ट्रसामु रहेका चुनौतीको सामना गर्न कांग्रेसका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु भेलको मुख्य उद्देश्य रहेको समेत दाबी गरे ।  ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु’, कोइरालाको भनाइ छ ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु’, कोइरालाको भनाइ छ । 
नेता कोइरालाले सर्वोच्च अदालतले कांग्रेसबारे दिएको आदेश सकारात्मक रहेको बताए । सञ्चारकर्मीले देउवा नेपाल आउँदा धरपकड भए के गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा भने, ‘हामी विरोध गर्छौँ ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।