नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले आज अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर राजीनामा बुझाउने तयारी गरेका छन्। नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले यो जानकारी दिँदै भनिन्, “हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं। त्यसैले आज अपराह्न ५ बजे राज्यमन्त्रीज्यूले प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा बुझाउनुहुन्छ।”

नाउपाको शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। यो निर्णय सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले असार १९ गते बर्खास्त गरेपछि आएको आक्रोशको परिणामस्वरूप भएको हो।










