२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

“त्रिविमा पदाधिकारीहरूलाई प्रवेश निषेध”

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपतिसहितका पदाधिकारीहरूलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ।

सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाइएको ताला तत्काल खोल्न आदेश जारी गरेको थियो। सो आदेशमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, र कीर्तिपुर प्रहरी वृत्तको नाममा ताला खोल्न अन्तरिम आदेश दिइएको थियो। सोही अनुसार शुक्रबार बिहान आंशिक प्राध्यापकहरू, नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट विद्यार्थीहरू, र अखिल क्रान्तिकारीले लगाएको ताला खोलिएको थियो।

तर, ताला खुल्नासाथ अखिल क्रान्तिकारीले पदाधिकारीहरूलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको हो। संगठनका त्रिवि कार्यवाहक अध्यक्ष शिवराज भट्टले विज्ञप्ति जारी गर्दै मागहरू पूरा नहुँदासम्म पदाधिकारीहरूलाई प्रवेश निषेध गरिएको जनाएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।