२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

त्रिशूलीको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।  भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा धादिङको कृष्णभीर क्षेत्रमा सडकको तल्लो भागबाट कटान भई सडक भासिएपछि यातायात ठप्प भएको हो । त्रिशूलीमा आएको तिब्र बहावले सडकको जगबाटै कटान शुरु गरेपछि सडक भासिएको र सवारी आवागमन असुरक्षित बनेको हो । आज बिहान केही समयका लागि सञ्चालनमा आएको यो सडकखण्ड पुनः कटान बढ्न थालेपछि पूर्ण रूपमा बन्द गरिएको छ । मुख्य राजमार्ग नै अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।