२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

रसुवा भोटेकोशी बाढी अपडेटः ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ शव फेला परेका छन् ।  राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार बिहान ९ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म ७ सय ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन् ।  प्राधिकरणकाअनुसार बाढी र पहिरोका कारण विभिन्न जिल्लामा गरी ७ सय ३४ जनाको शव फेला परेको छ । जसमध्ये सबैभन्दा बढी चितवनमा २ सय ५९ जनाको शव फेला परेको छ । । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा १ सय ८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमा विभिन्न मानव अङ्गहरूसमेत रहेको प्राधिकरणले जनाएको छ ।  अझै पनि २ हजार ४ सय ९८ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी (नेपाल प्रहरी २७, नेपाली सेना ४५, सशस्त्र प्रहरी १३), भन्सार र अध्यागमनका कर्मचारी, जलविद्युत आयोजनाका ९ सय ३३ कामदार तथा ५ सय ८९ जना विदेशी नागरिक रहेका छन् । रसुवा, नुवाकोट र मकवानपुर जिल्लाबाट ठुलो सङ्ख्यामा स्थानीयहरू बेपत्ता भएको विवरण प्राप्त भएको छ । 
उद्धार कार्यका क्रममा हालसम्म ८ हजार १ सय ८६ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल १९ हजार ८ सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जलविद्युत आयोजनाको सुरुङ्गमा थुनिएका २ सय ७९ जना र २ सय २७ जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाढीमा परी घाइते भएका २४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई तिब्रता दिएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । साथै, प्रभावित १५ वटा पालिकालाई कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।  राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री र हेलिकप्टरमार्फत ७ उडान गरी अत्यावश्यक वस्तुहरू प्रभावित क्षेत्रमा पु¥याइएको छ । उत्तरगया र धुन्चे क्षेत्रमा मात्रै २ टन खाद्य सामग्री पठाइएको छ । सञ्चार सेवा अवरुद्ध भएका स्थानहरूमा सञ्चार सेटहरू समेत पठाइएको प्राधिकरणले जनाएको छ ।  पहिचान हुन नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित राखिएको छ । मृतकको पहिचानका लागि नेपाल प्रहरीको ‘डिजास्टर पोर्टल’ र प्राधिकरणको फेसबुक पेजमार्फत विस्तृत विवरण सार्वजनिक गरिएको छ । इन्धन आपूर्तितर्फ नुवाकोटका विभिन्न आयल स्टोरहरूमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ । हवाई इन्धनको मौज्दात १४ हजार लिटर रहेको र हालसम्म २५ हजार लिटर खपत भइसकेको जानकारी दिइएको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।