भदौ १३
भोटेकोशी-त्रिशूलीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार दिउँसो विज्ञप्ती जारी घटनामा २९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ। पक्राउ पर्नेहरूमा धादिङको गल्छि गाउँपालिका-४ मासटारका २७ वर्षीय पवन पौडैल, ४१ वर्षीय वीरबहादुर राना, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिव बहादुर रानामगर, ४६ वर्षीय युवराज अधिकारी, ४७ वर्षीय सुशासन्त श्रेष्ठ, ४६ वर्षीय सुचिम बहादुर राना, २४ वर्षीय सविन श्रेष्ठ, ४३ वर्षीय प्रेम बहादुर राना, १९ वर्षीय अनिल भेटुवाल छन्।










