२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

गाजामा हिंसा भड्काउने इजरायली मन्त्रीको अभिव्यक्तिको संयुक्त राष्ट्र संघद्वारा निन्दा

संयुक्त राष्ट्र संघले इजरायली चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरको पछिल्लो अभिव्यक्तिको निन्दा गरेको छ । गाजामा नियतवश मानिसहरूको हत्या गर्न उक्साउने खालको टिप्पणी दिएको भन्दै राष्ट्र संघले आपत्ति जनाएको हो । बुधवार आयोजित पत्रकार सम्मेलनमा महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले बेन–गभिरको भनाइलाई ’भयावह, अपमानजनक, अमानवीय र खतरनाक’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो,‘हामी यस्ता अभिव्यक्तिको बिना सर्त निन्दा गर्दछौँ ।’ मन्त्री बेन–गभिरले गत सप्ताहन्तमा प्रशारित एक पोडकास्टमा गाजामा हरेक रात ३० देखि ४० जनालाई ‘लक्षित हत्या’ गर्नुपर्ने बताउनुभएको थियो । उहाँले तत्काल खतरा नभएका व्यक्तिहरूलाई समेत मार्नुपर्ने आशय व्यक्त गर्दै उनीहरू ‘बाँच्न योग्य नभएको’ र ‘मान्छे समेत नभएको’ जस्ता विवादित टिप्पणी गर्नुभयो । गाजामा वन्धक बनाइएका पूर्व इजरायली नागरिक रोम ब्रास्लाभ्स्कीसँगको कुराकानीका क्रममा मन्त्री बेन–गभिरले उक्त उत्तेजित अभिव्यक्ति दिनुभएको हो । उहँँको यस टिप्पणीको यतिबेला अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भइरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।