२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

अन्नपूर्ण गाउँपालिका कास्कीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ सिम्पालीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाका सूचना अधिकारी ऋषिराम दाहालले उक्त अवधिमा गाउँपालिकाबाट भएका विभिन्न गतिविधि तथा प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय सेवाग्राही घनश्याम दाहाल, महेश्वर पौडेल, नरपति भण्डारी, नवराज श्रेष्ठ, रूपा परियार, काशीराज सुवेदीलगायत १३ जना सेवाग्राहीले गाउँपालिकाबाट प्रदान गरिने सेवा, विकास निर्माण तथा अन्य विषयसँग सम्बन्धित विभिन्न जिज्ञासा, गुनासा र सुझाव राखेका थिए।

सेवाग्राहीबाट उठाइएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित शाखा प्रमुखहरूले जवाफ दिनुभएको थियो। यस्तै, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रा अधिकारीले सेवाग्राहीका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै गाउँपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका मुख्य जवाफदेही वक्ताका रूपमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सार्वजनिक सुनुवाइमा उठेका समग्र गुनासा, जिज्ञासा तथा सुझावमाथि धारणा राख्दै गाउँपालिकाको विकास, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा प्रतिबद्धता जनाउनुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीले प्रत्यक्ष रूपमा जनप्रतिनिधि तथा कर्मचारीसमक्ष आफ्ना समस्या, गुनासा र सुझाव राख्ने अवसर पाएका थिए।
पोखरा टेलिभिजनको सहजीकरणमा सम्पन्न कार्यक्रमको सञ्चालन रवि दाहालले गर्नुभएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।