अस्पतालमा रहेको वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मी कुट्ने ३ जना पक्राउ परेका छन् ।
कालिकोट प्रहरीले शुक्रबार पलाँता गाउँपालिका-९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि हातपात गर्ने ३ जनालाई पक्राउ गरिएको जनाएको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनाधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न तीनजना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ।’
यस कार्यालयमा अनुसन्धान कार्य जारी भइरहेको व्यहोरा जानकारी जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुरेश खत्री बताए।
शुक्रबार दिउँसो १ बजेतिर १४ र १५ वर्षका एकाघरका दुई भाइ अस्पतालको वाइफाई कनेक्ट गरी अस्पतालको ओपिडी नजिक मोबाइलमा गेम खेलिरहेका थिए । चिकित्सले बाहिर गएर मोबाइल चलाउन भने ।
त्यसपछि उनीहरूले चिकित्सकसँग वादविवाद गरे । उनीहरूको परिवारका अन्य सदस्य समेत लागेर चिकित्सकमाथि कुटपिट गरेको प्रहरीले बताएको छ।
Note: Image is generated by AI.











