२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

‘कहिलेकाहीँ एक्लै लड्नुपर्ने’ बालेनकाे स्टाटसबारे महेश बस्नेत- दुःख पायो मंगले, आफ्नै ढंगले !

 २०८३ साउन २३ 

नेकपा एमालेको सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहलाई सत्ता त्याग्न दबाब बढेको दाबी गरेका छन्। प्रधानमन्त्री शाहको हिजोको स्टाटसले सत्ता छाड्न दबाब बढेको पुष्टि गरेको उनको भनाइ छ।
 

हिजो मध्यराति प्रधानमन्त्रीले फेसबुकमा लेखेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

प्रधानमन्त्री बालेनले आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘दुःख पायो मंगले, आफ्नै ढङ्गले! मध्यरातमा आएको बालेनजीको स्टाटस पढ्दा लाग्छ, उनी माथि सत्ता त्यागको लागि व्यापक दबाब बढ्दै गएको छ र आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिन्छ।’

राजनीति भावनात्मक स्टाटसले नभई काम र परिणामले आफूलाई सही प्रमाणित गर्ने ठाउँ भएको उल्लेख गरेका छन्।

उनले थपेका छन्, ‘जनताले अब सही समय आउँछ भन्ने आश्वासन होइन, आफूले भोगिरहेको समस्या समाधान भएको र जीवनमा वास्तविक उन्नति तथा प्रगति भएको देख्न चाहन्छन्। एक्लै लडेको दाबी गर्नुअघि चुनावमा पाएको जनमत र जनताको विश्वास बिर्सन मिल्दैन। जनताले साथ दिएर सत्तामा पुर्‍याएका हुन् भने जनताको प्रश्न र आलोचनाबाट भाग्न पनि मिल्दैन।’

प्रधानमन्त्रीको स्टाटसबारे आफ्नो अनुमान इतिहासले फैसला गर्ने जिकिर गरेका छन्।

उनले भनेका छन्, ‘समय अवश्य आउँछ, तर समयले मात्र सबै कुरा बदल्दैन। काम, व्यवहार र परिणाम नै असली मापदण्ड हुन्। गल्ती सच्याउने र जवाफ दिने समय पनि यही हो।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।