२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

काँग्रेसद्वारा निर्वाचन ब्युरो गठनः विधानमार्फत रूपान्तरण र पुस्तान्तरणमा जोड

नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नयाँ विधानले काँग्रेसलाई रूपान्तरण र पुस्तान्तरणको दिशामा अगाडि बढाएको बताउनुभएको छ ।  ४४ औँ बीपी स्मृति दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टी अब नयाँ कार्यशैलीका साथ अघि बढ्न लागेको र यस क्रममा विधानको सफल कार्यान्वयन गर्नु पार्टीका लागि ‘अग्निपरीक्षा’ भएको उल्लेख गर्नुभएको हो । उपसभापति भुसालले पार्टीभित्र सभापति गगनकुमार थापाको परिकल्पनाअनुसार ‘इलेक्सन ब्युरो’ टिम गठन भएको जानकारी दिनुभयो । उक्त ब्युरोको उपसंयोजकमा पूर्वसहमहामन्त्री एवं केन्द्रिय सदस्य जीवन परियार रहनुभएको छ । ब्युरोमा सम्बन्धित विषयका विज्ञ केन्द्रिय सदस्यहरूका साथै प्रविधिसँग जोडिएका युवा पुस्ताका नेताहरूलाई सदस्यका रूपमा समावेश गरिएको उहाँले बताउनु भयो ।  उपसभापति भुसालले भन्नुभयो, ‘विशेष अधिवेशनले नेपाली काँग्रेसको विधानलाई नयाँ ढंगबाट अगाडि बढाएको छ । यही विधानअनुसार यो विधानमा नेपाली काँग्रेस रूपान्तरण र पुस्तान्तरण र परिवर्तनकारी जीवनशैलीबाट अब अगाडि बढ्दैछ भनेर अग्निपरीक्षामा खरो उत्रिनु पनि छ । यही विधानको व्यवस्थाले अहिलेको विधानमा भएको व्यवस्थाअनुसार यही विधानअनुसार हाम्रो पार्टीका सभापति गगनकुमार थापाको परिकल्पनाले नेपाली काँग्रेसभित्र इलेक्सन ब्यूरो टिमको गठन भयो । त्यो टिमभित्र उपसंयोजकको रूपमा पूर्वसहमहामन्त्री, केन्द्रिय सदस्य जीवन परियारजी उपसंयोजकको रूपमा रहनुभएको छ । त्यही टिममा यो विषयका विशेष विज्ञ हाम्रा केन्द्रिय सदस्यहरू त्यसको सदस्य हुनुहुन्छ । प्रविधिसँग जोडिएका युवा पुस्ताका नेताहरू त्यही इलेक्सन ब्यूरोको सदस्यको रूपमा रहनुभएको छ भन्नेकुरा म यहाँ जानकारी गराउन चाहन्छु । उपसभापति भुसालले पार्टीलाई परिवर्तनकारी जीवनशैली र आधुनिक पद्धतिमा ढाल्न नयाँ विधान र नवगठित ब्युरोले महत्वपूर्ण भुमिका निभाउने बताउनु भयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।