२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

लोकतन्त्र ‘अपहरित’ भएको छ, पुनःस्थापना आवश्यकः ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहरित’ अवस्थामा रहेको भन्दै यसको सुदृढीकरणभन्दा फर्काउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताउनु भयो । उहाँले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुनसक्ने बताउनु भयो । उहाँले विभिन्न देशमा नियमित चुनाव भएपनि लोकतन्त्र कमजोर वा अपहरित अवस्थामा रहेको उल्लेख गर्दै नेपाल समेत त्यस्तै अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले संविधान संशोधन नभई संविधानको रक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनु भयो । उहाँले गत वर्षको भदौमा भएको जेन–जी आन्दोलनलाई हिंसात्मक घटनाको संज्ञा दिँदै वैधानिक सरकारलाई अवैधानिक ढंगबाट फालिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको बलिदानपूर्ण लामो संघर्ष, त्याग र तपस्याबाट ल्याएको लोकतन्त्र वास्तवमा अपहरित भएको छ । आज लोकतन्त्रको सुदृढीकरण होइन लोकतन्त्रको वापसीको आवश्यकता छ । लोकतन्त्र कहाँ छ ? चुनावको आयोजन आफैंमा लोकतान्त्रिक अभ्यास त होला तर त्यो चुनावको आयोजन कस्तो परिस्थितिमा कस्तो अवस्थामा केका लागि गरियो त्यो महत्वपूर्ण छ । चुनावले मात्रै लोकतन्त्र हुँदैन । विभिन्न देशमा चुनाव हुने गरेका छन् तर लोकतन्त्र अपहरितको अपहरित छ । वास्तविक लोकतन्त्र छैन धेरै देशमा । हाम्रो देशमा पनि बोल्नको लागि जिब्रो चपाइरहनुपर्ने आवश्यकता छैन । भदौ २३, २४मा जुन भयानक क्षति गराउने, मार्ने, मराउने, आगजनी गराउने कार्य भयो । राणा शासनका विरुद्धको संघर्षमा यस्तो भएन । राणाहरुका घर आगो लगाइएन । सात सालमा पनि दरबारहरू जलाइएन । त्यसपछिका संघर्षहरूमा ४६ मा पनि गरिएन । ६२, ६३ मा पनि त्यस्तो गरिएन । माओवादीले सत्ता कब्जा गर्नका लागि हिंसात्मक बाटो उपयुक्त छ भनेर त्यो बाटो समात्यो तर यस्ता आगजनी, लुटपाट, तोडफोडका उपद्रवकारी, आतंकपूर्ण क्रियाकलापहरु गरेर समाजलाई आतंकको, भयको नियन्त्रणमा राख्ने क्रियाकलाप गरेन । उहाँले सरकारले समाजलाई आतंक र भयको नियन्त्रणमा राख्ने उद्दत रहेको आरोप पनि लगाउनु भयो 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।