नागरिक लगानी कोष कास्की शाखाले आफ्नो ३६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधाबर शाखा कार्यालय नयाबजारमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख रामशोभा ढुंगानाले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घटेको र मुद्दती निक्षेपको ब्याजदर पनि कम भएको कारण कोषको रकम निष्क्रिय रहने स्थिति बढ्दै जाने अवस्था रहेको बताउनु भयो । साथै । लगानीको वातावरण पर्याप्त नबढेको वा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको कारण पछिल्लो समय कर्जाको मागमा कमी आएको हुन सक्ने तर्फ संकेत गर्नूभयो । नागरिक लगानि कोषले आफ्ना सहभागिहरुलाई केन्द्रिय कार्यालय बाट उवलव्ध गराइका सबै सेवासुबिधाहरु स्थानिय स्तरमै पपलब्ध गराउने उद्यश्यले २०७१ साल बाट कार्यालयको स्थापना भई २०७२ साल पौष २८ देखी निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ। यस कार्यालयले गण्डकी प्रदेशका ११ वटा जिल्ला लाई कार्यक्षेत्र बनाई सेवा प्रधान गरिरहेको छ ।












