२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

११ दिनपछि सुत्केरी घरमा फर्किइन्

हुम्लाको सिमकोट गाउँपालिका–७ पाङलाथुङकी २२ वर्षीया एक सुत्केरीलाई प्लास्टिकको त्रिपालमुनि ११ दिनसम्म राखिएको अवस्थामा अन्ततः घर लगिएको छ।

सुत्केरीले साउन १ गते चौगानफया आधारभूत स्वास्थ्य इकाइमा छोरालाई जन्म दिएकी थिइन्। तर सुत्केरीलगत्तै घरका सदस्यहरूले उनलाई तरकारी खेतीमा टनेलका रूपमा प्रयोग हुने प्लास्टिकको त्रिपालमुनि राखेका थिए।

स्वास्थ्य इकाइबाट स्टाफ नर्स सुस्मिता रावत र स्वास्थ्य स्वयंसेविका लक्ष्मी शाहीले दुई–दुई पटक गएर सम्झाउँदा पनि परिवारले सुत्केरीलाई घर लैजान नमानेको बताएका छन्।

स्टाफ नर्स रावतले भनिन्, ‘प्लास्टिकको त्रिपालमुनि बस्दा शिशुको शरीरमा खटिरा आइसकेको थियो। धेरै सम्झाउँदा पनि परिवार मानेन।’

स्वास्थ्य स्वयंसेविका शाहीले पनि पटक–पटक सम्झाउँदा ‘देउता रिसाउने’ भन्दै परिवारले घर भित्र्याउन नमानेको बताइन्। उनले भनिन्, ‘मैले आफ्नो घरको एउटा कोठामा बस्नुस् भनेकी थिएँ, तर सुत्केरीले मानेनन्, सायद घरपरिवारको डरले होला।’

११ औं दिनमा बल्ल–बल्ल सुत्केरीलाई घर भित्र्याइएको उनले जानकारी दिइन्।

सुत्केरीलाई शिशुसहित प्लास्टिकको त्रिपालमुनि राखिएको विषयमा अनलाइनखबरले समाचार प्रकाशित गरेपछि नेपाल प्रहरीले चासो व्यक्त गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयले धारापोरी प्रहरी चौकीबाट प्रहरीको एक टोली पाङलाथुङ गाउँ पठाएको थियो।

डिएसपी शंकर पोखरेलले भने, ‘सुत्केरीलाई यसरी बाहिर राख्न पाइँदैन। त्यसैले प्रहरीको टोली त्यहाँ पठाइएको हो।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।