विदेश भ्रमणमा जाने नेपाली नागरिकले लैजान पाउने नगद अमेरिकी डलरको सीमा बढाइएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नेपाली नागरिकले विदेश भ्रमणका लागि लैजान पाउने अधिकतम रकमको सीमा ३ हजार अमेरिकी डलरमा पुर्याइएको घोषणा गरेका हुन्।
यसअघि यो सीमा २ हजार ५ सय डलर थियो। नयाँ नीतिअनुसार अब नेपाली पर्यटकले विदेश यात्रा गर्दा अधिकतम ३ हजार डलरसम्म लैजान सक्ने छन्।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विदेशी मुद्राको व्यवस्थापन र उपयुक्त विनिमय नियन्त्रणका सन्दर्भमा यस्तो सीमा पुनःनिर्धारण गरेको हो।











