२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

‘सुदूरपश्चिमको बजेट तयारी: सांसदलाई २ अर्ब १८ करोडको योजना, विवाद कायम’

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट असार १ गते आइतबार प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट पेस गर्ने कार्यसूची तय भएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले यो जानकारी दिएका छन्।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को ३१ अर्ब ६२ करोड बराबरको बजेटकै आसपासमा नयाँ बजेट ल्याउने तयारी गरेको छ। आर्थिक सर्वेक्षणअनुसार चालु वर्षको चैत मसान्तसम्म ८ अर्ब ७९ करोड ५१ लाख मात्र खर्च भएको छ, भने १० अर्ब ९८ करोड ९ लाख बचत र ३ अर्ब ८५ लाख ६६ हजार राजस्व घाटा रहेको छ।

प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई ३ करोडसम्मका योजना वितरण गर्ने सहमति गरेको छ। यसअनुसार ५२ जना सांसद (एक निलम्बित बाहेक) का लागि २ अर्ब १८ करोड बराबरका योजना बजेटमा समावेश गरिएका छन्। सांसदहरूले विषयगत मन्त्रालयमा आफ्ना योजनाहरू बुझाइसकेका छन्।

 

सर्वोच्च अदालतले सांसद सिफारिसमा आधारित पूर्वाधार विकास कार्यक्रम खारेज गरिसकेको अवस्थामा सुदूरपश्चिम सरकारको यो निर्णय विवादास्पद बनेको छ। यस्तो योजना वितरणले बजेटको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठेको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।