२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श हुन् : प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताउनुभएको छ ।  महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षार्थ अवकाश प्राप्त सैनिकहरूले पु¥याएको योगदान अविष्मरणीय रहेको बताउनुभएको हो । नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रश्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न आग्रह गर्नुभयो । नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै उहाँले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिनुभयो । प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भुमिकाले संस्थालाई विश्वमै विश्वसनीय र सम्मानित बनाएको बताउनु भयो । हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको समेत उहाँले प्रशंसा गर्नुभयो । स्थानीयस्तरमै सृजनशील र उद्यमी बन्न आग्रह गर्दै उहाँले कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको बताउनु भयो । 

प्रधानसेनापति सिग्देलले भन्नुभयो, ‘यहाँहरूले भर्खरै प्रदर्शन गर्नुभएको उत्साहपूर्ण र खुशीको मार्च पासले आज पनि यहाँहरूको अनुशासन, सैनिक जोश र राष्ट्र प्रतिको प्रतिवद्धता जीवितै रहेको अनुभूति यहाँहरूका आँखामा झल्किरहेको छ । यहाँहरूको उत्साहपूर्ण उपस्थितिबाट हामी सम्पूर्ण सेवारत सैनिकहरू उर्जावान भएका छौँ । यहाँहरू बीच हुने भेटघाट तथा पुनर्मिलनले भावनात्मक सम्बन्ध र सामूहिकताको विस्तार हुनुको साथै सेवामा रहदाका विभिन्न स्मरणीय क्षणहरूको बारेमा एक आपसमा कुराकानी हुँदा पक्कै पनि सेवाकालीन विगतको रमाइलो याद र अनुभवको पुनः स्मरण भएकै हुनुपर्दछ । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राष्ट्रकीकरणको इतिहास देखि नै अतुलनीय योगदान पु¥याउँदै आएको व्यहोरा हामी सबैलाई विदितै छ । तसर्थ हाम्रा वीर पुर्खाहरूले गर्नुभएको बलिदानलाई स्मरण गर्दै यस संस्थालाई वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाको रूपमा थप विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने दायित्व हामी सबैको साझा भएको तथ्य पनि यहाँहरूलाई स्मरण गराउन चाहन्छु । देशको सार्वभौमिकताको रक्षार्थ नेपाली सेनाले वहन गरेको भूमिका लगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा गरेको योगदानले आज नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित गरेको छ भने विश्व सामु नेपाल र नेपालीको शीर उच्च राख्न समेत उल्लेखनीय योगदान दिएको छ । हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले नेपालका अन्य सुरक्षा निकाय तथा निर्वाचन आयोगसँगको सहकार्यमा देखाएको उच्च पेशागत दक्षता, निष्पक्षता, व्यवसायिक चरित्र एवं कार्यकुशलता प्रशंसा योग्य रहेको छ । नेपाली सेनाको कल्याणकारी कोषले विस्तार गरिरहेको भूतपूर्व सैनिक संजालमा यहाँहरूलाई अनुशासित र व्यवस्थित तवरले आवद्ध रहन आग्रह गर्दछु। बहुजन हिताय, बहुजन सुखाय भन्ने आदर्श वाक्यलाई मनन गर्दै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरू विकेन्द्रिकृत, पारदर्शी एवं परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरूको जीवन स्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, स्वरोजगार तथा सीप विकास लगायतका क्षेत्रहरूमा यहाँहरूको अधिकतम पहुँच विस्तार गर्दै लैजाने प्रयास जारी छ । कल्याणकारी कार्य विवरणमुखी भन्दा पनि परिणाममुखी, आत्मनिर्भर र आयमूलक कार्यक्रम संचालन गर्न आवश्यक देखिएको छ । सेवा सुविधा बढ्दै जाओस् भन्ने सबैको चाहना हुन्छ र नेपाली सेनाले पनि यसमा आफैले हुन्छ वा सरकारसँग सहयोग लिएर हुन्छ हर सम्भव प्रयास गरिरहेकै छ । सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाश पश्चात समेत सदैव एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा समाजमा प्रतुत हुन आवश्यक छ । तसर्थ यसै अवसरमा म यहाँहरू सबैलाई स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमी बन्न आग्रह गर्दछु । नेपाली सेनाको संस्थागत प्रयास र यहाँहरूको सुझाव, समन्वय, सहकार्यबाट मात्र कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न सम्भव हुन्छ ।

सम्मेलनमा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो । यस वर्षको सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।