२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

समुदाय सशक्त भए डेंगी नियन्त्रणमा सहज

२०८३ भदौ ६ facebook sharing button

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले सरोकारवाला निकायको समन्वयमा डेंगी रोग रोकथाम तथा नियन्त्रणको लागि विद्यालय तथा समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम लैजाने भएको छ । महिला स्वास्थ्य स्वयं सेविका, स्वयं सेवक लगायत जिल्ला स्तरीय सरोकारवाला निकायबीच शुक्रबार भएको समन्वयात्मक कार्यक्रम रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले विद्यालय तथा समुदाय स्तरमा भएको गतिविधि डेंगीरोग रोकथाम तथा नियन्त्रणका लागि बढी प्रभावकारी हुने बताइन् ।

‘विद्यार्थी सचेत भए घर परिवार तथा समुदायमा सकारात्मक प्रभाव पर्ने देखियो,’ उनले भनिन्, ‘स्थानीय समुदाय सचेत र संगठित भएको डेंगी रोग रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी हुन्छ ।’ उनले पालिका, उपशाखा तथा विद्यालय स्तरमा सञ्जाल भएको रेडक्रसले युवा तथा जुनियर सर्कल मार्फत प्रभावकारी काम गर्न सक्ने जानकारी दिइन् ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले डेंगीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अन्तर सरकारी निकायको समन्वयमा जोड दिने बताए । डेंगीबाट बच्न लामखुट्टेबाट जोगिने र सरसफाइमा ध्यान दिन पर्ने उल्लेख गर्दै उनले डेंगीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

गण्डकी प्रादेशिक जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत समिक्षा गैरेले अहिलेसम्म गण्डकी प्रदेशमा १ हजार १० जना डेंगुबाट संक्रमित भएको जानकारी दिइन् । उनले सबभन्दा धेरै बागलुङमा ४ सय ७० र कास्कीमा २सय २२ संक्रमित भएको बताइन् । उनका अनुसार पोखरा महानगरमा २ सय १३ डेंगुबाट संक्रमित भएका छन् । वर्षातको मौसमको अन्त्यतिर डेंगीले महामारीको रुप लिने जानकारी दिदै उनले विशेष गरी भदौ, असोज र कात्तिक महिनामा डेंगी बढी देखिने बताइन् ।

रेडक्रस कास्कीका डेंगी रोग रोकथाम तथा नियन्त्रणका फोकल पर्सन नवराज भण्डारीले उनले रेडक्रसले ५ पालिकाका ४८ उपशाखा मार्फत वडा तथा समुदाय स्तरमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान गर्ने जानकारी दिए । विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमले समुदाय स्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले पर्चा पम्लेट वितरणका अलवा ठाउँ ठाउँमा हेल्प डेस्क राख्ने बताए । रेडक्रस कास्कीका उपसभापति रमा न्यौपाने कोइरालाले रेडक्रसको केन्द्रीय कार्यालयसँगको समन्वयमा सहयोगमा कास्की शाखाले डेंगी रोकथाम तथा नियन्त्रणको कार्यक्रम गर्ने जानकारी दिइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका निर्देशक पूजा कोइराला, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत तेजाखर लम्साल, मादी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बराल, नेपाल रेडक्रस सोसाइटी पोखरा, १७, १५, ८, ५, २ र ३का सभापतिहरु क्रमशः लक्ष्मी अधिकारी, शिवबहादुर भण्डारी, विष्णुप्रसाद बराल, कृष्णप्रसाद कोइराला, विन्दु शर्मा पराजुली, रेडक्रस सोसाइटी पोखरा २५का सचिव रमा त्रिपाठी लगायतले डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणको बारेमा बोलेका थिए ।

‘हप्ताको एक दिन, एक घण्टा हुदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको वासस्थान तथा लार्भा नष्ट’ भन्ने नाराका साथ डेंगी रोग रोकथाम तथा नियन्त्रणको कार्यक्रम भएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।