२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्नुहोस्: प्रधानमन्त्रीलाई शंकर पोखरेलको सुझाव !

 
२३ साउन २०८३

प्रधानमन्त्री शाहले फेसबुकमा ‘एक्लै लड्नुपर्ने’ र ‘सही समय आउन केही समय लाग्ने’ भन्दै पोस्ट गरेपछि पोखरेलले त्यसको प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गर्दै नआत्तिन आग्रह गरेका थिए। सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने भन्दै उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने स्थिति आउने र यो पहिलो पटक नभएको धारणा व्यक्त गरेका थिए। 
शाहको उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले एक्लो भएको चिन्ता छाडेर कार्यशैली बदल्न सुझाव दिएका छन्। आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झन, जनमतको सम्मान गर्न, संसदीय दल र सार्वभौम संसद्प्रति उत्तरदायी बन्न पोखरेलले प्रधानमन्त्री शाहलाई आग्रह गरे। 
आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढेमा कहिल्यै एक्लो भएको अनुभूति गर्नुनपर्ने पोखरेलको भनाइ छ। तर अहिलेकै ढङ्गले चलेमा एक्लो मात्र नभई पूर्ण रूपमा असफल हुने निश्चित रहेको दाबी गर्दै पोखरेलले समय छँदै बेलैमा सचेत र गम्भीर बन्न प्रधानमन्त्री शाहलाई सचेत गराएका छन्।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।