२०८३ साउन २१
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं फर्किने भएका छन् । देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार उनी त्यसदिन एक्लै फर्किंदैछन् ।
परिवारका अन्य सदस्य केही समयपछि फर्किने उनले बताए । देउवा स्वास्थ्योपचारका लागि फागुन १३ मा सिंगापुर गएका थिए ।
चैत ७ गते हङकङ गएका उनी केही समय त्यहाँ बसे ।
उनी अहिले सिंगापुरबाट फर्किन लागेका हुन् । देउवाले साउन २९ गते आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेता श्रेष्ठले बताए ।












