२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख हुने निश्चित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुख चयन हुने निश्चित भएको छ ।  शुक्रवार उपसभापति अर्यालको मात्रै सो पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव संघीय संसद सचिवालयमा दर्ता भएकाले उहाँ सभामुख बन्ने निश्चित भएको हो । अर्यालको मात्रै उम्मेदवारी परेकाले सभामुख चयन हुनेकुरा सुनिश्चित भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो । सभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो पदका लागि प्रश्ताव दर्ता गर्नुपर्ने थियो । त्यसमा रास्वपाका उपसभापति अर्यालले मात्रै उम्मेदवारी दिनुभएको हो । आगामी मंगलबार बोलाइएको प्रतिनिधि सभा बैठकमा अर्यालका प्रस्ताव रवि लामिछानेले प्रश्ताव गर्ने र समर्थकहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेपछि सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने पनि संघीय संसद सचिवालयले जनाएको छ ।  सचिवालयका प्रवक्ता गिरीले भन्नुभयो,‘निर्वाचन कार्यक्रमअनुसार सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव दर्ताका लागि आज ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको थियो । यो समयमा आज एक मात्रै प्रश्ताव दर्ता हुन आएको छ । प्रश्ताव माननीय रवि लामिछाने रहनुभएको छ भने समर्थक माननीय सदस्यहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्साल रहनुभएको छ । उनीहरुले माननीय सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रश्ताव दर्ता गर्नुभएको छ । प्रस्ताव ११ बजेर ५ मिनेटमा दर्ता भएको हो । एक मात्रै प्रश्ताव दर्ता हुन आएको छ । प्रश्ताव सदस्यले २२ गते बस्ने बैठकमा प्रश्ताव प्रश्तुत गर्नुहुन्छ । र समर्थन गर्ने सदस्यहरुले समर्थन गरिसकेपछाडि एक मात्रै प्रश्ताव दर्ता हुन आएकाले त्यस पछाडि निर्विरोध घोषणा हुन्छ  रास्वपाको प्रतिनिधि सभामा करिव दुई तिहाई १८२ जना सांसदहरु रहेका छन् । उपसभामुख चयनका लागि भने अन्य राजनीतिक दलहरुसँग रास्वपाका शीर्ष नेताहरु छलफलमा रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्नेछ 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।