
मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सञ्चालन गरेको छ । शुक्रवार परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वमा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार शुक्रवार काठमाडौं–दुबई, शनिवार दुबई–काठमाडौं, आईतवार काठमाडौं–दमाम, आईतवार दमाम–काठमाडौं उडान हुनेछन् । उहाँले प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याउने जानकारी दिनुभयो । त्यस्तै नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएको समेत प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २(१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको समेत उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुख चयन हुने निश्चित भएको छ । शुक्रवार उपसभापति अर्यालको मात्रै सो पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव संघीय संसद सचिवालयमा दर्ता भएकाले उहाँ सभामुख बन्ने निश्चित भएको हो । अर्यालको मात्रै उम्मेदवारी परेकाले सभामुख चयन हुनेकुरा सुनिश्चित भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो । सभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो पदका लागि प्रश्ताव दर्ता गर्नुपर्ने थियो । त्यसमा रास्वपाका उपसभापति अर्यालले मात्रै उम्मेदवारी दिनुभएको हो । आगामी मंगलबार बोलाइएको प्रतिनिधि सभा बैठकमा अर्यालका प्रस्ताव रवि लामिछानेले प्रश्ताव गर्ने र समर्थकहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेपछि सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने पनि संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता गिरीले भन्नुभयो,‘निर्वाचन कार्यक्रमअनुसार सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव दर्ताका लागि आज ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको थियो । यो समयमा आज एक मात्रै प्रश्ताव दर्ता हुन आएको छ । प्रश्ताव माननीय रवि लामिछाने रहनुभएको छ भने समर्थक माननीय सदस्यहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्साल रहनुभएको छ । उनीहरुले माननीय सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रश्ताव दर्ता गर्नुभएको छ । प्रस्ताव ११ बजेर ५ मिनेटमा दर्ता भएको हो । एक मात्रै प्रश्ताव दर्ता हुन आएको छ । प्रश्ताव सदस्यले २२ गते बस्ने बैठकमा प्रश्ताव प्रश्तुत गर्नुहुन्छ । र समर्थन गर्ने सदस्यहरुले समर्थन गरिसकेपछाडि एक मात्रै प्रश्ताव दर्ता हुन आएकाले त्यस पछाडि निर्विरोध घोषणा हुन्छ रास्वपाको प्रतिनिधि सभामा करिव दुई तिहाई १८२ जना सांसदहरु रहेका छन् । उपसभामुख चयनका लागि भने अन्य राजनीतिक दलहरुसँग रास्वपाका शीर्ष नेताहरु छलफलमा रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्नेछ





