२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट १५ औं महाधिवेशन प्रक्रिया सुरू भएको बताएका छन्।

 
२ भदौ,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । जिम्मा लिएको काम सन्तोषजनक नभएपछि सरकारले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण सेवा बझाङ रहेको छ । यस कम्पनीलाई डोटीको खत्याडी माविले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

 

यसैगरी शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेको एम/एस बागेश्वरी मल्टिप्रपोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवा पनि कालोसूचीमा परेको छ । यी कम्पनीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र पूर्वाधार विकास निर्देशनालय सुर्खेतले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

यसैगरी पवन पासवान मुख्य व्यक्ति रहेको रमन कन्स्ट्रक्सन धनुषा, श्याम किशोर साह मुख्य व्यक्ति रहेको सगुन निर्माण सेवा धनुषा र उद्धव भट्टराई मुख्य व्यक्ति रहेको ओम इन्फ्राटेक ललितपुरलाई पनि कालोसूचीमा राखिएको छ ।

 

यी कम्पनीलाई कालोसूचीमा राख्न सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना तथा सन्धिखर्क, अर्घाखाँची सडक विभागले सिफारिस गरेको थियो ।

यी सबै कम्पनीहरुलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस् सूचना :

 

२ भदौ,

नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक ९स्ववासी० जग्गाको नापजाँच आर्थिक वर्ष २०७२र७३ मा सम्पन्न भएको थियो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।