२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

झापा । जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन् ।

यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम देखिएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तह र फाउन्डेसनसँगको सम्झौताअनुसार जिल्लाका १५ वटै पालिकामा गत वर्षदेखि अटिजम भएकाको पहिचान गरी उनीहरुलाई स्वास्थ्य, शिक्षालगायत मूल प्रवाहीकरणमा समाहित गरिएको छ ।

 

जिल्लामा पहिचान भएका १३ हजार ८६३ जना अपाङ्गता भएका व्यक्तिमध्ये तीन सय ८१ जना बालबालिकामा अजिटमको समस्या छ । प्रदेश सरकारले पाँच वर्ष अगाडिदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरु गरेको हो । कार्यक्रम इलाम, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, पाँचथर, सङ्खुवासभामा सञ्चालन भएको थियो ।

 

झापा, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सम्झौताअनुसार गत वर्षदेखि अपाङ्गता पुनःस्थापनाका लागि कार्यक्रम सञ्चालन भइरहेको संयोजक घिमिरेले जानकारी दिए ।

 

जिल्लामा अटिजम भएका करिब सय जनालाई विर्तामोडको गरामनीस्थित महेन्द्ररत्न मावि र दमकको एक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ । यी दुवै विद्यालयमा अटिजम भएका बालबालिकाले पालिकाबाट निःशुल्क थेरापीसहितको सेवा पाइरहेका छन् ।

भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाले बजेट व्यवस्थापन गरेर अटिजम केयर सेन्टर सञ्चालनको तयारी गरिरहेका छन् भने अन्य पालिकाले समुदायमा छलफल थालेका छन् ।

मानवअधिकार व्याक्तिमा स्वतः निहित जन्मसिद्ब वा नैसर्गिक अधिकार हो । मानिस गर्भमा रहदा देखी मृत्युपछिको काजक्रिया सम्मका अधिकारलाई मानवअधिकार भनिन्छ । मानवअधिकार व्यक्ति र राज्यबिचको अन्तरसम्बन्धबाट सम्बन्धित हुन्छ जहाँ नागरिकले आफ्नो राज्यबाट आफ्नो अधिकार सजिलै प्राप्त गर्न सकिन्छ र राज्यले आफ्नो नगरिकको अधिकार सजिलै प्रदान गरिन्छ भन्ने विश्वव्यापि सिद्बान्त हो ।
मानवजाति सबैलाई सम्मानिय जिवनयापन गर्नका लागि आवश्यक न्युनत्तम भन्दा न्युनत्तम आवश्यक्ताहरु पुरा हुनुपर्ने अधिकार र फरक पहिचान वा हैसियत भएका व्यक्तिकै कारण कसैलाई बिना भेदभाव गरी सबैलाई समान अवसर प्राप्त हुने नै मानवअधिकारको मुलभुत सिद्बान्त रहेको छ ।
समान्य भाषामा मानवअधिकार भन्नाले मानिसको अधिकार हो जहाँ मानिस भएर जन्मेको आधारमा प्राप्त हुने जन्मसिद्ब, नैसर्गिक र कानुनी अधिकारहरुलाई नै मानवअधिकार भन्न सकिन्छ। अर्थात, मानिसले आफ्नो जिवनयापन गर्नका लागी आवश्यक पर्ने न्युनतम भन्दा न्युनतम अधिकारहरुलाई नै मनवअधिकार भन्नुको तात्प्रर्य हो । मानवअधिकार कसैको दया, माया वा कृपाबाट प्राप्त हुने अधिकार नभई मानिसले प्राप्त गर्ने जन्मसिद्ध, नैसर्गिक, सर्वमान्य, अविभाज्य, अहरणीय, अपरीहार्य, प्राकृतिक एवम् आधारभूत अधिकार हो । जसलाई सामाजिक न्याय, मानवीय सुरक्षा र स्वतन्त्रताको आधारस्तम्भको रुपमा लिईन्छ।

Human Right – Queer Cultures 101

 

विश्वव्यापी रुपमा मान्यता पाएका मानसिहरुका आधारभुत अधिकार जसमा व्यक्तिको चाहना वा इच्छा व्यक्त भएको हुन्छ र यसलाई समाजले स्वीकार गरिनु साथै राज्यले मान्यता दिएको हुन्छ । मानवअधिकार कस्ता अधिकार हो भन्ने मानवलाई बाच्न पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रा, स्वन्त्रता र सुरक्षाको अधिकार, आधारभुत शिक्षा, राजनितिक क्रियापलापमा सहभागी हुने पाउने अधिकार, स्वास्थ्यको अधिकार, सुचनाको अधिकार, पेशा तथा रोजगारी छनौट स्वतन्त्राको अधिकार, समानपूर्वक जिवनयापन गर्न लगायतका मैलिक अधिकार, नैसर्गिक अधिकार, अहरणीय अधिकार, अधारभुत अधिकारका रुपमा पनि लिन सकिन्छ ।

मानवअधिकार सबै मानिसले मानव भएको नाताले पाउने अधिकार हुन । यी अधिकार विश्वव्यापी हुन, त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ । मानिसको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनीतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जोसुकै भएपनि प्रत्येक मानिसले मानवअधिकार पाउनु पर्छ भनिने सामान्यतया बुझिन्छ । अर्थात् समाजमा रहेका सबै मानिसलाई मानविय व्यवहार गर्नुपर्छ र कसैलाई कुनै किसिमको भेदभाव नगरिकन सम्मानपुर्वक बाच्न पाउने अधिकारनै मानवअधिकार सम्बन्धी अवधारणाको विकास भएको हो भने बुझिन्छ ।

राष्ट्रिय मानव अधिकार ऐन २०६८ ले “मानव अधिकार भन्नाले व्यक्तिको जिवन स्वतन्त्रता समानता र मर्यादासँग सम्बन्धित तथा अन्य प्रचलित कानुनद्बारा प्रदान गरिएको अधिकार सम्झनु प्रदर्छ र सो शब्दले नेपाल पक्ष भएको मानव अधिकार सम्बन्धित अन्तराष्ट्रिय सन्धिमा निहित अधिकार समेतलाई जनाउँछ भनि परिभाषा गरेको छ”। अर्थात् मानिस गर्भमा रहदा देखी मृत्युपछि सम्मको अधिकारहरुलाई जनाउँछ साथै ति अधिकारहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय दस्तावेजहरुले पनि मानवअधिकारलाई मान्यता दिएको हामीले प्रस्सत रुपमा देखेका, सुनेका र पढेका छौं ।

मानवअधिकार विश्वव्यापी घोषणा-पत्र १९४८ (महासभाले) “ धारा १ मा सबै व्यक्तिहरु जन्मजात स्वतन्त्र र प्रतिष्ठा तथा अधिकारमा समान हुन्छ । उनिहरुले विवेक र अन्तस्करणले युक्त भएका हुन्छ । उनिहरुले भातूत्वको भावना लिएर एक अर्काप्रति व्यवहार गर्नुपर्छ” । सोहि घोषणा-पत्रको “धारा २ मा जाति, वर्ण, लिङ, धर्म, राजनितिक वा अन्य विचारधारा, राष्ट्रिय वा सामाजिक उत्पति, सम्पति, जन्म वा अन्य कुनै हैसियत जस्ता कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव विना प्रत्येक व्यक्तिलाई यस घोषणापत्रमा उल्लेखित अधिकार र स्वतन्त्रताहरुको अधिकार हुनेछ” ।

सर्वप्रथम मानवअधिकारको पहिलो दस्तावेज सन् १२१५ इङ्गल्याण्डको म्याग्नाकार्टाबाट आएको पाएको जसमा कसैलाई पनि देश निकाला गर्न नपाईने, स्वतन्त्रताको अधिकार, सम्पत्तिको अधिकार,निस्पक्ष पुर्पक्षको अधिकार, निवारक नजरबन्द विरुद्दको अधिकारको व्यवस्था गरिएको थियो । पहिलो र दोस्रो विश्वयुद्ध पछि मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ मा स्थापना गरेको थियो जसमा मानिसको अधिकारको हनन् गर्न नहुने, नागरिक मानिसहरु तथा गैर(लडाकुहरुलाई ज्यान मार्न नहुने, यातना, बलत्कार, अपहरण तथा शारिरीक बन्धक गर्न नहुने, निवारक नजरबन्द राख्न नहुने र घाईते(लडाकुहरुलाई सुरक्षा तथा उपचार गर्ने जस्ता अधिकारहरुको व्यवस्था गरिएको हो ।
नेपालको सन्दर्भ हेर्दा २०४७ सालको संविधानमा मृत्यु दण्डको व्यवस्थालाई हटाएको पाइन्छ जुन मानवअधिकारको अधिकार भए तापनि २०६२र६३ सालको १५ दिनको जनआन्दोलनमा २० जनाको मृत्यु भएको थियो र २०७२ सालको संविधान जारी हुने बेलामा मधेशी आन्दोलनमा करिब १०२ जनाको मृत्यु भएको हो त्यसैगरी २०८२ भदौ २३ र २४ गते जेन(जी आन्दोलनमा करिब ८४ जना भन्दा बढीको मृत्यु भएको हो जुन मानवअधिकार विपरित हो । यस विषयहरुमा मानव अधिकारले गम्भीर ध्यान आर्कषण गराउँदै तथा छानविन समिति बनाएर छानविन गर्दै र अपराधीलाई कानुन बमोजिम कारवाहिको माग गर्ने अधिकार मानवअधिकारको पनि हो । मानवअधिकारलाई उल्लङ्गन गर्ने चाहे राष्ट्रपति प्रधानमन्त्री प्रधानन्याधिस वा समान्य व्यक्ति हरेक जोसुकैलाई कानुन बमोजिम सजाय गरिन्छ ।

उदाहरणका लागी कृष्णा प्रसाद सिवाकोटि विरुद्ध प्रधानमनत्री कार्यालय नि। नं।६३८७ मद्दामा सैनिक ऐन २०१६ को दफा १५२ बमोजिम कृष्णा प्रसाद सिवाकोटिलाई मृत्यु दण्डको सजाय दिएको थियो र सिवाकोटिले सर्वोच्च अदालतमा सैनिक ऐन २०१६ को दफा १५२ विपरीत मुद्दा दायर गरेको थियो । निर्णयमः अदालतले मृत्यु दण्डको सजाय संविधान र मानव अधिकार विपरीत भएको हो भनी फैसला गरेको हो ।
सन् १९९४ रवांडा केसमा Hutu र Tutsi सामुदायबिच द्बोन्द सुरु भएको थियो । त्यसमा Hutu समुदायको मानिसहरुले एकसय (१००) दिनमा आठलाख(८०००००) Tutsi समुदायको महिला, पुरुष, बच्चा र ज्येष्ठ नगरिकहरुलाई बलात्कार तथा निर्ममतापुर्वक हत्या गरेको थियो । यस्ता कार्य मानवअधिकार विरुद्ब भएको थियो र पछि अन्तरराष्ट्रिय मानवअधिकारले छानबिन गरेको थियो ।

लेखक
शिव शाह

भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो ।

भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेका ४९ वर्षीय न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभएको छ ।

 

दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन् । पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा । विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थिए ।


उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना फेला परेका छन् । भारतीय नागरिक सिंह ३ वर्ष पहिलेदेखि नै विकसँग फेसबुकमा साथी रहेको पाइएको छ । कुलदीपले नेपाल ल्याउने भारतको गरगहना अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट लिने गरेको खुलेको छ ।

सिंह र बिक ४ गते पोखरा आएर गरगहना बिक्री गर्न पसल–पसल पुगेको प्रहरीको भनाइ रहेको छ । विक सुन बिक्री भएपश्चात केही रकम लिने सर्तमा बुटवलदेखि पोखरा आइपुगेको पाइएको एसपी ओलियाले जानकारी दिनुभएको छ ।

पत्थरबाहेक असार ६ गतेको बजार भाउ अनुसार एक करोड ३० लाख बराबरको सुनचाँदीका गरगहना फेला परेको एसपी ओलियाको भनाइ छ । दुबै जनालाई गरगहनासहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग काठमाडौं वा राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने उनले बताउनुभएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताउनु भएको छ ।

आज जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरी बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो बनायो भन्ने केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ, यतिहासिक छ ।”

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै, मन्त्री यादवले खानेपानी, सिचाँई, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस पटकको बजेट मन्त्री मुखी भयो भन्नु गलत हो । रातो किताब हेर्नु होला मैले मेरो निर्वाचन क्षेत्रमा बजेट नै हालेको छैन । म चुनौती दिन्छु, सबैलाई एकै तराजुमा जोख्नु हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ बजेट हालेका छौँ ।”

मन्त्री यादवले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना,सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ ।

पोखरा चिप्लेढुङ्गा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता रहेको थियो ।

जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा डा. यमनाथ तिमिल्सिना र प्रेम प्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई मजबुद र शशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकुल प्रशिक्षण आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रम नेपाली काँग्रेस कास्कीका उपसभापति एवं प्रशिक्षण शाखाका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम शाखाका सदस्य पशुपति शर्मा भट्टराईले संचालन गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस मनाएको छ ।

पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ ।

यसअघि वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर संकलन गरेर मनाएको हो ।

सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिसोधका विरुद्ध लाखौ हस्ताक्षर संकलन गरिने उपसभापति स्वर्णिम वाग्लेले बताउनु भएको छ ।

यस्तै उहाँले रास्वपाको चमत्कारिक उदयसँग डराएर सरकार अत्तालिएको भन्दै रास्वपाको गति रोक्न सकिन्छ कि भनेर सरकारले सभापतिलाई कानुनी झमेलामा पारेको बताउनु भएको छ ।

हस्ताक्षर संकलन अभियानका लागि रास्वपाले चन्दा संकलन पनि सुरु गरेको छ ।

सामाजिक अध्ययन मञ्च कास्कीले क्षेत्र भ्रमणसहित प्रतिवेदन लेखन प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीलाई खोज अनुसन्धान कार्यमा अभिप्रेरित गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएका अध्यक्ष गोविन्द काफलले जानकारी दिनुभयो । २०६५ सालमा स्थापित सस्था शिक्षा क्षेत्रमा बिभिन्न कृयाकलापहरु आयोजना गर्दे आएको छ । असार ६ गते पोखराको जनप्रिय बहुमुखि क्याम्पसमा आयोजना गरिएको प्रतियोगितामा एउटा बिद्यालयबाट कक्षा १० सम्मका २ जना सम्म बिद्यार्थी भाग लिन पाउने प्राबधान राखिएको छ । बिहान ११ बजे बाट प्रतियोगिता सुरु हुने अध्यक्ष काफ्ले ले जानकारी दिनुभयो । साथै प्रतियोगितामा सहभागि गराउने बिद्यालयहरुले सामाजिक बिषय अध्यापन गराउने शिक्षक सहित बिद्यार्थी पठाउनुपर्ने प्राबधान राखिएको छ । सहभागि गराउन चाहने बिद्यार्थीहरुको नाक संकलन गर्ने कार्य भैरहेको छ । असार ५ गते भित्र नाम टिपाउन सस्थाले आग्रह गरेको छ ।

गण्डकी प्रदेशका खेल पत्रकार दिननाथ बराल सहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।मन्त्रालयले प्रकाशित गरेको आधिकारिक सूचना अनुसार, आर्थिक वर्ष २०८१÷८२ का लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर छनोट गरिएको हो ।

पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । बराल पोखरामा केन्द्रित रही विगत २३ वर्षदेखि निरन्तर खेलकुद पत्रकारितामा क्रियाशील छन् ।

उनी रेडियो नेपाल, कारोबार दैनिक, पोखरा क्लिक, पोखरापत्र जस्ता सञ्चारमाध्यमसँग आबद्ध छन्। ८ देशमा भ्रमण गरेका बराल हिमाल खबर पत्रिका, रेडियो अन्नपूर्ण, आर्थिक अभियान, हट्लाइन दैनिक, जनमत दैनिक, रेडियो तनहुँ, रेडियो स्याङजा, प्राप्ती त्रैमासिक, ग्लासिफाइड साप्ताहिक, फेवा टेलिभिजन, पोखरा न्यूज डटकम, वर्तमान सहकारी आवाज लगायतका संचार माध्यममा काम गरेका थिए ।

पत्रकार बराल अमेरीकी दुतावास र शेय रकास्टको फेलोसिप रिपोटीङमा गण्डकी प्रदेशमा ७ जना भित्र छनौट (२०७६) भई नगद ३० हजार नगद प्राप्त, सहारा खेलकुद पत्रकार पुरस्कार २०६८, साविक जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकार सम्मान, जिल्ला खेलकुद विकास समितिबाट उत्कृष्ट पत्रकार पुरस्कार, सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान, रेडियो अन्नपूर्णको बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार (२०७२), नेपाल पत्रकार महासंघ कास्कीबाट २०७९ मा आर्थिक पत्रकारिता पुरस्कार ( नगद २०,०००) , शुभम सहकारी पत्रकारिता सम्मान (२०७६), रत्न ज्योति माविबाट बाल प्रतिभा सम्मान, लायन्स क्लव पोखरा सेती गण्डकी उत्कृष्ट पत्रकार सम्मान (२०७४) लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

खेलकुद पत्रकारितामा लामो अनुभव र योगदानका आधारमा उनलाई यसपटकको सम्मानका लागि छनोट गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

ईम्वोईडरी एण्ड गार्मन्ट एशोसिएशन (एगा) पोखराको स्वदेशी कच्चा पदार्थ तथा सिप बिकास तालिम तथा अबलोकन भ्रमणको क्रममा रुकुम पुर्बको पर्यटन बिकास र पोखरा संगको संबन्ध बिस्तार संबन्धी अन्र्तकृया सम्पन्न भएको छ । रुकुमपुर्बमा रहेको मारिङ् बहुउद्धेश्यीय सहकारीको आयोजना तथा एगा पोखराको सहकार्यमा भएको अन्र्तकृयामा नेपाली कच्चा पदार्थ उत्पादन र सोही अनुसारको उद्योगको दिगोपनाका बारेमा अन्र्तकृया गरिएको थियो । कार्यक्रममा लुम्वीनि प्रदेशसभाका सभामुख तुलाराम घर्तीले रुकुमपुर्बलाई अर्गानिक जिल्ला घोषणा गराउन आफुल पहल गरेपनि घोषणा अनुसारको काम अगाडी बढ्न नसकेको उल्लेख गर्नुभयो । रुकुम जडिबुटीको खानी हो, पर्यटनको प्रचुर संभावना हो, कृषिको भण्डार हो तर राज्यले आफ्नो बलियो उपस्थिती रुकुममा देखाउन नखोज्नु, भएको पर्यटकिय संरचनाहरुलाई प्रचार गर्न नखोज्नु नै मुख्य समस्या भएको उहाँले बताउनु भयो । झोलामा फाईलबोक्नेहरुको हातमा कृषिको अनुदान पुग्ने नै समस्या भएको उहाँको भनाई थियो । मध्यपहाडी लोकमार्ग बिस्तार भएपछि रुकुम जस्ता हिमाली जिल्लाहरुको संभावनाको ढोका खुलेको पोखरा पर्यटन परिसदको पुर्ब अध्यक्ष चिरन्जीवी पोखरेलले बताउनु भयो । मध्यपहाडीकै कारण आफुहरु रुकुम सम्मको यात्रा गर्न संभव भएको र पोखरा पर्यटनको राजधानी भएका कारण पोखरा र रुकुमपुर्बलाई पर्यटनका माध्यम बाट जोड्ने काम आफुहरुले गर्ने उहाँको भनाई थियो । पर्यटन संगै रुकुमपुर्बमा भएका अल्लो , कृषि उपजको बजारीकरणमा आफुहरुले सस्थागत रुपमा सहकार्य गर्ने एगा पोखराका अध्यक्ष गोर्कण लम्सालले सो अबसरमा उल्लेख गर्नुभयो । कार्यक्रममा एगा पोखराका पुर्ब अध्यक्ष तथा सल्लाहकार जिवनाथ गौतमले उत्पादन गर्न सके आफुहरुले बजारीकरणको जिम्मा लिन सक्ने बताउनुुभयो । एगा पोखराका पुर्ब अध्यक्ष तथा पर्यटन ब्यबशायि बिस्वराज पोखरेलले उत्पादन गर्नका लागि आफुहरुले अग्रिम लगानी गर्न सक्ने सो अबसरमा जानकारी दिनुभयो । अल्लो लगायतका  बस्तुहरुको कच्चा पदार्थ संकलन र प्रशोधनका लागि राज्यले पनि सहयोग गर्नुपर्नेमा मोरीङ् सहकारीका अध्यक्ष रामसुर बुढामगरले जोड दिनुभयो । सिस्ने गाऊपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाऊपालिका अध्यक्ष ओम प्रकाश श्रेष्ठ लगायत रुकुम पुर्बमा जनप्रतिनिधीहरुले मध्यपहाडी लोकमार्गले संभावनाको ढोका खोलेको तर रुकुमका अर्गानिक बस्तुहरुको बारेमा प्रचार हुन नसकेको उल्लेख गर्नुभयो । रुकुममा रहेको ऐतिहासिक युद्ध संग्राहलय, गुरील्ला ट्रेक चुनवाङ्ग बैठक स्थलले नेपालको राजनितिक परिबर्तनका लागि गरेको योगदान र बलिदानको ईतिहास बुझाउने र कमल दह लगायतका थुप्रै पर्यटकीय गन्तब्यहरुको रहेकोमा आगामी दिनमा प्रचारप्रसारमा जोड दिने उहाँहरुको भनाई थियो । कार्यक्रममा एगा पोखराका उपाध्यक्ष तथा सिपबिकास अबलोकन भ्रमणका संयोजक गिता ढकाल पौडेलले मध्यपहाडीका कारण पोखरा संगको यात्रा छोटो भएकालेपनि रुकुमपुर्ब र पोखराको संबन्ध बिस्तारमा सहयोग पुगेको बताउनु भयो । अन्र्तकृया कार्यक्रम संगै अल्लो बाट उत्पादित बस्तुबारे गरिएको तालिममा एगा पोखराका सचिव माया सुबेदीले सहजिकरण गर्नुभएको थियो । तालिममा करिव ६० जनाको सहभागिता रहेको थियो । दुईदिन सम्म चलेको तालिममा एगा पोखराका सहसचिव सुरेन्द्र पौडेल, कोषाध्यक्ष शुशिल ढकाल लगायतले तालिमका अबसरमा अनुभव शेयरीङ्ग गर्नुभएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको बोर्डले जनाएको छ ।

बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छन् । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटी नहुने गरी नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ ।

एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।