२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

पोखरा । सहकारी ठगी प्रकरणमा अदालती तारेख बुझेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने स्याङ्जा लागेका छन्। विहीबार बिहान कास्की जिल्ला अदालत पुगेर उनले आफ्नो मुद्दाको तारेख बुझेका हुन्।

अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार लामिछानेले विहीबार बिहानै हाजिर भएर तारेख लिएका हुन्। उनी विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दा विचाराधीन छन्। चुनावी अभियानका क्रममा बुधबार पोखरा आइपुगेका उनी अदालतको प्रक्रिया सकेर सिधै स्याङ्जातर्फ लागेको रास्वपा कार्यकर्ताले बताए।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेको आरोप लामिछानेमाथि छ। सर्वसाधारणको बचत प्रयोग गरेर ग्यालेक्सी टेलिभिजन चलाएको भन्दै पीडितहरुले उनी विरुद्ध जाहेरी दिएका थिए। यसै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित ६३ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। उक्त मुद्दामा कुल १ अर्ब ५१ करोड रुपैयाँ ठगी भएको दाबी गरिएको छ।

अदालतमा दर्ता भएको अभियोग पत्रमा लामिछाने विरुद्ध मात्रै दुई प्रकारका बिगो दाबी छन्। सहकारीको रकम अपचलन गरेको अभियोगमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागिएको छ। त्यस्तै सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ। यो मुद्दा अहिले पनि अदालतमा सुनुवाइकै क्रममा छ।

यसअघि कास्की प्रहरीले उनलाई ८४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। सरकारी वकिलले मुद्दा दायर गरेपछि जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। सोही आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। अहिले उनी त्यही मुद्दाको नियमित तारेखमा छन्।

तारेख बुझेपछि लामिछाने स्याङ्जाका विभिन्न ठाउँमा आयोजना हुने ‘घण्टी अभिवादन’ कार्यक्रममा सहभागी हुनेछन्। उनी चुनावी प्रचारलाई तीव्रता दिन त्यसतर्फ लागेका हुन्। यो सहकारी प्रकरणका मुख्य आरोपी तथा गोर्खा मिडियाका अध्यक्ष जिबी राई भने अझैसम्म प्रहरीको नियन्त्रणमा आएका छैनन्। उनी हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।

पोखर । लोक–रक ब्याण्ड नेपथ्यले आयोजना गरेको नेपाल यात्रामा बुटवल आइपुगेका गायक अमृत गुरुङले आउँदै गरेको निर्वाचनमा लोभ र डरमा भोट नहाल्न आग्रह गरे ।

शनिबार राती बुटवल रामनगरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा भएको कन्सर्टमा उनले आफ्नो प्रस्तुतीको बीचमै निर्वाचनमा मताधिकार प्रयोग गर्नुपर्ने बताउँदै कसैको लोभ र डरमा नलाग्न आग्रह गरेका थिए ।

गायक गुरुङले कुनै दल विशेषको पक्षमा नबोली हरेक मतदाताले यस्तो विषयमा सहभागी हुनुपर्ने र आफ्नो वास्तविकता बुझेर मात्रै मत दिन आग्रह गरेका थिए । हेटौंडाबाट सुरु भएको लोक–रक ब्याण्ड नेपथ्यको यो वर्षको नेपाल यात्राअन्तरगत शनिबार राती बुटवलमा आयोजना गरिएको थियो ।

बुटवल रामनगरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा भएको कन्सर्टमा गायक गुरुङले आफ्ना पुराना चर्चित गीतहरुबाटै आफ्नो प्रस्तुती गरेका थिए । उनले ‘हो रामा रामा’ बाट आफ्नो प्रस्तुती राख्दै बीचबीचमा विभिन्न सन्देशमूलक धारणा राख्नेक्रममा निर्वाचनको विषयलाई जोडेका हुन् ।

गायक गुरुङले भने, ‘यसपाला चुनावमा कसैको पनि लोभ वा डर नमानेर मुलुकका लागि असल नेतृत्वको चयन गर्नु तपाईं हामी सबैको कर्तव्य हो। मताधिकार प्रयोग गर्ने नागरिकको कर्तव्य हो ।’

 

गुरुङले लुम्बिनीको रुकुमदेखि मुस्ताङको जोमसोमसम्मका कथा सुनाउँदै गीतहरु सुनाए। स्टेजबाट नेपथ्यको चर्चित गीत ‘भेँडाको ऊनजस्तो’ घन्किरहँदा मैदानमा सहभागीहरुले हुटिङ गर्दै नाचिरहेका थिए । शनिबार राती चिसोका कारण सम्मेलन केन्द्र परिसर हुस्सुले ढाकिएको थियो।

कार्यक्रममा चर्चित गीत ‘छेक्यो छेक्यो’ ‘शिरफूल शिरैमा वनफूल वनैमा, हिउँको फूल धौलासिरिमा’सहितका प्रस्तुतीहरु गाउँदा समर्थक सहभागीहरुले नाचेर साथ दिएका थिए । तर ‘आँगनैभरि’ गाउने बेलामा भने गायक अमृत गुरुङ र दर्शक दुबै ब्याण्ड स्थापनाका क्षण सम्झेर भावुक भएका थिए।

‘यो गीत मैले तयार पार्ने बेलामा तपाईंहरु धेरैजना त जन्मनु पनि भएको थिएन,’ ठट्टा गर्दै गायक अमृतले भने, ‘यतिबेला गाइरहँदा मलाई तपाईंकै उमेरको त्यो क्षणमा पुगेको महशुस भइरहेको छ।’ आफ्ना साथीभाई सम्झेर यो गीतमा झुमौं है‘ भन्दै उनले आग्रह गरेका थिए । अमृतले एकपछि अर्कोगर्दै नयाँ र पुराना एल्बमका गीतहरु सुनाएर सहभागीलाई भरपुर मनोरन्जन दिलाएका थिए ।

प्रस्तुतीकै बीचमा उनले शिक्षामा सुधार ल्याउन जरुरी रहेको र विद्यालय जान नपाएका बालबालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउन सबैले लाग्नुपर्ने भन्दै यसको वातावरण बनाउन आग्रह गरेका थिए।

सँगै उनले कर्णाली भेगको दुःख र त्यसकैबीच पनि सन्तोष मानेर बाँचिरहेका बासिन्दाको खुशी अनुभव गर्न त्यसतर्फको यात्रा पनि जरूरी रहेको औंल्याउँदै ‘कर्नालीका छाइला’ पनि सुनाए। उनले ‘यो जिन्दगानी’ ‘गाउँ गाउँबाट उठ’ ‘रेशम’ र ‘तालको पानी’ ‘रातो र चन्द्रसूर्जे’ लगायततका गीतहरु गाएका थिए । अधिकांश युवा पुस्ता सहभागी देखिन्थे ।

 

२५ माघ, पोखरा । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । गएको सता बिहीबार तोलामा ९ हजार ५ सय र शुक्रबर ४ हजार २ सय रुपैयाँले घटेको सुन आज फेरि ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम छ । शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो । आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदी ४ हजार ७ सय १० रुपैयाँ थियो । बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

पोखरा। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले टी–२० विश्वकपमा सहभागी हुन लागेको नेपाली खेलाडीलाई शुभकामना दिएका छन्।

विश्वले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ देख्ने भन्दै रोहित पौडेल नेतृत्वको टोलीले देशको शिर उच्च राख्ने विश्वास व्यक्त गरेका छन्।

उनले जारी गरेको भिडिओ सन्देशमा भनिएको छ, ‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु । हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन्।’

खेलाडीहरूको मेहनत र पसिनाका लागि हामीले रङ्गशाला जस्तै अन्य विभिन्न पूर्वाधारहरू निर्माण गरेर नै तिर्नुपर्ने बताए।

उनले भनेका छन्, ‘मुम्बईको त्यस भव्य क्रिकेट मैदानमा तपाईँहरू एक्लै हुनुहुन्न। तपाईँहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ। हामी तपाईँहरूका साथमा छौँ। विपक्षी जतिसुकै बलियो होस्, तपाईँहरूले विपक्षीको हिसाब गर्ने होइन। आफूमा कुनै प्रकारको हीनता बोधी ग्रन्थ पलाउन दिने होइन। नेपाली युवाहरूको रगत तपाईँहरूसँग छ। आत्मविश्वास तपाईँहरूसँग छ।’

२४ माघ, पोखरा, नेपाल। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गर्ने जिकिर गरेका हुन् ।

‘हामीले मतदातालाई भन्नु पर्छ । एक पटक आँखा चिम्लिएर सोचौँ–फागुन २१ पछि २२ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्नसक्ने भने त्यो काँग्रेसले मात्रै गर्नसक्छ । यो हामीले जिम्मा लिने हो । हामी गर्छौं,’ उनले भने ।

सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत जिकिर गरे । उनले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताए ।

‘देश सम्हाल्ने काम हाम्रो हो । देश भित्र जुन अविश्वास छ, त्यसलाई बदल्ने काम, एक अर्काप्रतिको जुन अविश्वास छ, त्यसलाई भरोसामा बदल्ने काम हाम्रो हो । नेपाली काँग्रेसले यो बेलामा सबैसँग संवाद गर्छ,’ उनले भने, ‘हामी तन्नेरीसँग संवाद गर्छौँ । बुढापाकासँग संवाद गर्छौं । मधेश, पहाड सबैसँग संवाद गर्छौं । देशबाहिर रहेका लाखौँ नागरिकसँग पनि संवाद गर्छौं । र सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय शुरु गर्न चाहन्छौँ ।’

अभिनेता सुनिल थापाको निधनमा कलाकारदेखि सर्वसाधारणहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अभिनेता राजेश हमालले सुनिल थापा एक असाधारण सहकर्मी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, सुनिल, तपाईं एक असाधारण सहकर्मी हुनुहुन्थ्यो। तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन।

 

राजेश र सुनिलले दर्जनौं नेपाली फिल्ममा सहकार्य गरेका थिए। अभिनेतामा राजेश हमाल र खलपात्रमा सुनिल थापाबीचको केमेस्ट्रीलाई दर्शकले समेत अत्यन्त रूचाएका थिए।

राजेशले फेसबुकमा लेखेका छन्, नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमायात्रा म तपाईंप्रति समर्पित गर्दछु।

सुनिल थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको हो। उनले नेपालीसहित बलिउड फिल्म तथा वेब सिरिजमा समेत अभिनय गरेका छन्। उनी विशेषगरी खलनायक तथा चरित्र भूमिकामार्फत दर्शकमाझ लोकप्रिय थिए।

पोखरा, नेपाल। टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

 

१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । एक समय खेल नेदरल्यान्ड्सको पक्षमा गइरहेको थियो । तर, अन्तिममापाकिस्तानलाई जित दिलाउन फहिम अशरफले सानदार ब्याटिङ गरे । ११ बल खेलेका उनले तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित २९ रन जोडे ।

यस्तै, साहिवजादा फरहानले ४७, साइम अयुवले २४, बाबर आजमले १५, सलमान अघाले १२ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यान दत्त र पल भान मिकेरनले दुई–दुई विकेट लिए भने रोइलफ भान डर मेर्वे, लोगान भान बीक र काइल क्लेइनले एक–एक विकेट लिए ।

त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सिन्हलिज स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रन जोड्दै अलआउट भयो ।

उसका लागि कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यान २०, आर्यान दत्तले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इडवार्ड्सले इनिङ सम्हालिरहेका थिए ।

उनी आउट भएपछि नेदरल्यान्ड्सको इनिङ ध्वस्त भयो । १७ औं ओभरमा नेदरल्यान्ड्सले दुई विकेट गुमायो । दुबै विकेट साइम अयुवले लिए ।

बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन तथा साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट लिँदा साहिन शाह अफ्रिदीले एक सफलता हात पारे ।

पोखरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाएनन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका छन् । सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ लगेको थियो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

पोखरा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा शुक्रबार पोखरा आएका छन् । उनलाई पोखरा विमानस्थलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका नेता तथा कार्यकर्ताले स्वागत गरे ।

विमानस्थलबाट थापा सिधै नेपाली कांग्रेस कास्कीको कार्यालय पुग्ने तालिका छ । त्यहाँ उनले पार्टीका अगुवा कार्यकर्ताहरूसँग भेटघाट गरी उनीहरूलाई सम्बोधन गर्नेछन् ।

कास्कीको कार्यक्रम सकिएपछि थापाले नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्नेछन् । सभापति थापाकै प्रमुख उपस्थितिमा शुक्रबार पोखरामा सो बैठक बस्ने तय भएको छ । बैठकमा गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका जिल्ला सभापति र आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।

 

यस पटकको बैठकमा प्रदेश कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका प्रत्याशीहरूलाई समेत उपस्थित हुन आग्रह गरेको छ । प्रदेश कार्यसमितिको बैठक सकिएपछि थापाले गण्डकी प्रदेशका जिल्ला सभापति र अन्य नेता कार्यकर्ताहरूसँग छुट्टै छलफल गर्ने जानकारी कांग्रेस गण्डकीले दिएको छ ।

पोखरा। आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो । १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनी ५८ रनमा रिटायर्ड आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, सन्दीप जोराले ३० बलमा ४ चौका र १ छक्काको मद्धतमा ४४ रन बनाए । गुलशन झा ३१ रनमा अविजित रहे । बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोड्यो ।

उसका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए । १८ औं ओभरमा आक्रामक ब्याटिङ गर्दै मोव्वाले क्यानडाको लक्ष्य उकासे । उनले यस ओभरमा दुई छक्का र एक चौका प्रहार गरे ।

त्यस्तै, कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले पनि आक्रामक ब्याटिङ गर्दै ११ बलमा २१ रन जोडे । उनले तीन छक्का प्रहार गरे । निकोलक किर्तोनले १० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे ।

नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई०लाई सात विकेटले हराएको थियो ।

नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ। नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ। जुन खेलबाट नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ। यसै समूहमा दुई–दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।