
सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा शनिवार पनि प्रदर्शन गरिएको छ ।
काठमाडौंको माईतीघर मण्डलामा भेला भएका फाँसीको सजाय दिने कानून निर्माण गर्न सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका हुन् । हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भन्ने कुरामा पनि सरकारलाई सचेत गराउन अभियानमा आफूहरु लागेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनु भयो ।
प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।
अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रतिसरकार गम्भीर र सजग रहेको बताउनुभएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको हो । पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकहरूको आवतजावतमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो । सम्भावित आपतकालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ (आपतकालीन नियन्त्रण कक्ष) सञ्चालनमा ल्याइसकेको जानकारी उहाँले दिनुभयो । कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिक र स्वदेशमा रहेका उनीहरूका परिवारबीच मन्त्रालयले सूचना आदानप्रदान र समन्वयको सेतुका रूपमा काम गर्ने मन्त्री शर्माले प्रष्ट पार्नुभयो । सम्बोधनकै क्रममा उहाँले पश्चिमी एशिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या वा कठिनाइ परेमा तत्काल त्यहाँस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन अपिल समेत गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘वर्तमान समयमा विश्वका केही क्षेत्रहरूमा देखिएका अस्थिरता र द्वन्द्वले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ । नेपाल सरकार यसप्रति सजग छ । विशेषगरी पश्चिमी एशिया तथा मध्यपूर्व क्षेत्रका विकसित घटनाक्रमहरूका कारण त्यहाँ कार्यरत नेपाली नागरिकहरूको अवस्थाप्रति स्वाभाविक रूपमा हाम्रो चासो बढेको छ । यो क्षेत्रमा हवाई सेवा प्रभावित हुँदा नेपाली नागरिकहरूको आवतजावतमा समेत प्रत्यक्ष प्रभाव परेको यहाँ देखिएको छ । यस परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र समन्वयात्मक कार्यहरू अघि बढाइएको छ । सम्भावित आपतकालीन अवस्थामा नागरिकको समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याएको छ । यस कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिकहरू तथा नेपालमा रहनुभएका उहाँका परिवार र आफन्तहरूको बीचमा परराष्ट्र मन्त्रालयले पुनः सेतुको काम गर्नेछ । यसैगरी पश्चिमी एशिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूले कुनै समस्या वा कठिनाइको सामना गर्नुपरिरहेको छ भने सोको बारेमा जानकारी राख्न हुन र त्यहाँ रहेको नेपाली राजदूतावासको सम्पर्कमा रहन समेत म यसै मञ्चबाट अनुरोध पनि गर्न चाहन्छु । यस विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरूको हक र हित संरक्षणको लागि सहयोग तथा सहकार्य गर्नुभएकोमा गैरआवासीय नेपाली संघप्रति म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । यसका अतिरिक्त भूकम्प, बाढीपहिरो लगायत दैवीप्रकोपका घटनाहरू तथा यसभन्दा पहिलेको कोभिड संकटको समयमा समेत गैरआवासीय नेपालीहरूले पु¥याउनुभएको सहयोगका लागि म हार्दिक धन्यवाद दिँदै आगामी दिनहरूमा पनि गैरआवासीय नेपाली संघबाट निरन्तर सहयोग जारी रहने कुरामा आशावादी छु ।’
उहाँले विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरूको हकहित संरक्षणका लागि एनआरएनएले गर्दै आएको सहयोग र सहकार्य उल्लेखनीय रहेको बताउनु भयो । भूकम्प, बाढीपहिरो जस्ता दैवीप्रकोपदेखि कोभिड–१९ को विश्वव्यापी महामारीसम्म गैरआवासीय नेपालीहरूले पु¥याएको योगदानको स्मरण गर्दै मन्त्री शर्माले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको अमेरिकी केसी–१३५ इन्धन भर्ने विमानमा सवार चालक दलका सबै ६ जना सदस्यको मृत्यु भएको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेको छ । अपरेशन एपिक फ्युरीको क्रममा बिहीवार मित्र राष्ट्रको हवाई क्षेत्रमा उडान भर्दै गर्दा उक्त विमान सम्पर्कविहीन भएको कमाण्डले जानकारी दिएको थियो । कमाण्डले घटनाको परिस्थितिबारे अनुसन्धान भइरहेको थप जानकारी दिँदै विमानको क्षति शत्रुको आक्रमण वा आफ्नै पक्षको आक्रमणको कारणले नभएको दाबी गरेको छ । यसैबीच, इराकका इरान समर्थक लडाकु समूहहरूको छाता सङ्गठन इस्लामिक रेजिस्टेन्स इन इराकले शुक्रवार आफ्ना लडाकुहरूले पश्चिमी इराकमा दुईवटा अमेरिकी केसी–१३५ इन्धन भर्ने विमानलाई लक्षित गरेको बताएको छ । दुई छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त समूहले आफ्ना लडाकुहरूले एउटा केसी–१३५ लाई उपयुक्त हतियार प्रयोग गरी खसालेको र सोही प्रकारको दोस्रो विमानलाई पनि आक्रमण गरिएको दाबी गरेको छ । दोस्रो विमानका चालक दलले शत्रुको कुनै एक विमानस्थलमा आपतकालीन अवतरण गरेको समूहको भनाइ छ । उडानकै क्रममा अन्य सैन्य विमानहरूमा इन्धन भर्न डिजाइन गरिएको केसी–१३५ विमानले ६० वर्षभन्दा बढी समयदेखि अमेरिकी वायुसेनाको प्रमुख हवाई इन्धन भर्ने प्लेटफर्मको रूपमा सेवा गर्दै आएको छ ।
दक्षिण लेबनानमा शुक्रवार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ । लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त राष्ट्र संघको अन्तरिम बल को नेपाली बटालियनको परिसरमा पनि गोला प्रहार भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार इजरायली आक्रमणले इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन बिन्दुलाई प्रत्यक्ष निशाना बनाएको थियो । यसमा दुई उद्धारकर्ताको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नाबातिएहमा, इजरायली युद्धविमानले अल–राहिबात छिमेकको एउटा घरमा आक्रमण गर्दा एक बालिकासहित ६ जनाको मृत्यु भएको लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । अर्को इजरायली आक्रमण दक्षिण सीमावर्ती सहर बिन्त जबेलमा भएको थियो जहाँ तीन जनाको मृत्यु भयो । त्यस्तै, तटीय शहर गाजिएहमा एउटा भवनमा हवाई आक्रमण हुँदा दुई बालबालिकाको ज्यान गएको छ । राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली गोलाहरू दक्षिण लेबनानी सीमावर्ती गाउँ मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसर भित्र पनि खसेका थिए । बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले यस आक्रमणको कडा निन्दा गरेको छ । विज्ञप्तिमा कुनै पनि नेपाली सैनिक घाइते नभएको उल्लेख गरिएको छ । तर संयुक्त राष्ट्र संघको शान्ति सेनाको स्थानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघका कर्मचारीहरूको सुरक्षा गर्ने सिद्धान्तहरूको गम्भीर उल्लंघन भएको कुरामा जोड दिइएको छ । मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसरमा इजरायली गोलाहरू खसेका छन् । मानार्थ महावाणिज्य दूतावासका अनुसार कुनैपनि नेपाली सैनिक घाइते भएका छैनन् । यसैबीच, हिजबुल्लाहले इजरायली लक्ष्यहरू विरुद्ध धेरै प्रतिशोधात्मक कारबाहीहरू गरेको बताएको छ । समूहले लेबनानी सीमावर्ती गाउँ मारकाबाको विपरित वादी हुनिनमा इजरायली सैनिक र सवारी साधनहरूको जमघटमा र दक्षिण लेबनानको भर्खरै स्थापित ब्लाट सैन्य स्थलमा रकेट प्रहार गरेको जनाएको छ । समूहले इजरायली सहर सफेदको पूर्वमा रहेको गिभा ड्रोन नियन्त्रण आधारलाई निशाना बनाएको र मेटुला बस्तीमा इजरायली सेनाको जमघटमा दिनमा तेस्रो पटक रकेट प्रहार गरेको पनि घोषणा गरेको छ । शुक्रवार राति नै इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमणको नयाँ लहर शुरु गरेको छ, जसलाई हिजबुल्लाहको गढ मानिन्छ । यसले चलिरहेको सीमापार द्वन्द्वमा थप वृद्धि भएको संकेत गर्दछ । इजरायली ड्रोनहरूले बेरुतका केही भागहरूमा पर्चाहरू खसालेका छन् जसमा बासिन्दाहरूलाई हिजबुल्लाह विरुद्ध उक्साउने सन्देशहरू थिए ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले मध्यपूर्वी देशहरुमा देखिएको संकटले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष रुपमै असर गर्ने बताउनुभएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रवार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्वका कारण कच्चा तेलको मूल्यवृद्धि भइरहेको र त्यसले नेपाली अर्थतन्त्रमा समेत प्रत्यक्ष असर गर्ने बताउनुभएको हो । उहाँकाअनुसार धेरै लामो समयसम्म द्वन्द्व रह्यो भने नेपालसहित विश्वभर नै जोखिम बढाउने देखिन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएअनुसार युद्धका कारण एक ब्यारलको १० प्रतिशतले मूल्यवृद्धि हुन्छ भने ०.४ प्रतिशत क्वाइन्टले मुद्रास्फ्रीति बढ्छ । त्यसरी हेर्दा ०.१५ प्रतिशत क्वाइन्टले आर्थिक वृद्धि घट्छ भनेर अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेको छ । उहाँकाअनुसार द्वन्द्व लामो समय रही रहे २५ प्रतिशतले तेलको मूल्य बढ्ने खतरा छ । अहिले युद्धका कारण भारत, नेपाल लगायतका देशमा ग्यास होल्ड गर्ने प्रवृत्ति देखिएको छ । यसले विस्तारै अभाव बढ्न सक्ने उनले बताउनु भयो । युद्धका कारण खाद्यन्नदेखि ग्यासहरु जोहो गर्न मानिसहरु लाग्दा ती वस्तुहरुको कृत्रिम अभाव खडा गर्न व्यवसायीहरु समेत लाग्नसक्ने भट्टले बताउनु भयो । उहाँकाअनुसार मुद्रास्फ्रीतिको असर सबैभन्दा बढी तल्लो वर्गका मान्छेमा पर्छ । मूल्यवृद्धि हुँदा बित्तीकै गरिबीदेखि आय असमानता समेत बढ्ने खतरा रहेको उहाँले बताउनु भयो । विश्वमा भइरहेका युद्धका कारण नेपालको आर्थिक वृद्धिदरमा समेत असर परिरहेको पूर्वकार्यकारी निर्देशक भट्टले बताउनु भयो ।
पूर्व कार्यकारी निर्देशक भन्नुभयो–‘आर्थिक वृद्धि प्रभावित हुने जोखिम देखिरहेको छ । पुनर्निर्माणका कामहरु थाल्ने भनिरहेका छौं । लामो समयसम्म बजारमा पेट्रोलियम पदार्थको मूल्य कम भइरहेको अवस्था थियो भने अब त्यो अवस्था हुँदैन । अब पुनर्निर्माणका कामहरु अघि बढाउन कठिन हुन्छ । कच्चापदार्थहरु सहजै आपूर्ति गर्न त्यति सजिलो छैन । त्यसले निर्माणका कामहरु प्रभावित हुन सक्छन् । सामान्य आर्थिक गतिविधि प्रभावित भएपछि मुलुकको आर्थिक वृद्धि समेत प्रभावित हुन जान्छ । भोलिका दिनमा यातायात, होलसेल, खुद्राका गतिविधिहरु प्रभावित हुन थाल्नेछन् । जसले हाम्रो अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिइरहेका छन् । युद्धबाट पर्यटन क्षेत्र पनि प्रभावित हुने देखिन्छ । आयात निर्यात पनि प्रभावित हुनसक्छ । नेपालमा आउने मल मध्ये मध्य पूर्वबाट मात्रै आधा हिस्सा मल आउने गरेको छ । मलको आयात प्रभावित हुने बित्तिकै कृषि उपजमा असर गर्नेछ । कृषि, पर्यटनदेखि दैनिक आर्थिक गतिविधि प्रभावित हुँदा बित्तिकै अर्थतन्त्रमा ठूलो संकट आउन सक्छ ।’ भट्टले द्वन्द्वका कारण मुलुकमा आउने रेमिट्यान्समा समेत गिरावट आउन सक्ने खतरा रहेको बताउनु भयो । उहाँकाअनुसार मध्यपूर्वि देशमा मात्रै ४० प्रतिशत नेपाली कामदारहरु कार्यरत छन् । उनीहरु प्रभावित हुँदा बित्तिकै रेमिट्यान्स कम हुने र आगामी दिनमा विदेशी सञ्चितिमा समेत गिरावट आउने खतरा रहेको उहाँले बताउनु भयो । विदेशी सञ्चिति कमजोर हुँदा आगामी दिनमा दातृ निकायहरुले समेत सहायताका लागि नपत्याउने स्थीति बन्न सक्ने भट्टले बताउनु भयो । युद्धका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा नेपालमा रहने श्रमिकहरुको व्यवस्थापन ठूलो चुनौतीपूर्ण बन्ने सक्ने उहाँको भनाइ रहको छ ।
खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ । ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन् । ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारै–किनार खाली सिलिण्डरको लामो लाइन देख्न सकिन्छ । विशेषगरी ‘नेपाल ग्यास’का राता सिलिण्डरहरू सडकपेटीमा लामवद्ध राखिएका छन् । आफ्नो पालो कुरेर घन्टौं उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रस्टै झल्किन्छ । लाइनमा युवा, वृद्धदेखि महिलाहरूसम्मको उल्लेख्य उपस्थिति छ । कोही मोटरसाइकलको पछाडि सिलिण्डर बाँधेर आइरहेका छन् भने कोही काँधमै गह्रौं सिलिण्डर बोकेर डिपो धाउन बाध्य छन् । भीडभाडमा आफ्नो सिलिण्डर नहराओस् वा नसाटियोस् भनेर कतिपय उपभोक्ताले सिलिण्डरको रेगुलेटर लाग्ने ठाउँमा सेतो कपडा वा बोराको टुक्रा बाँधेर चिनो लगाएको रोचक तर विवश दृश्य पनि तस्बिरमा कैद भएको छ । एउटा ग्यास सिलिण्डर भर्नका लागि आफ्नो दैनिक कामधन्दा, कार्यालय र व्यापार व्यवसाय नै माया मारेर दिनभर सडकमा बस्नुपर्ने बाध्यताले नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको छ । बजारमा ग्यास अभावको हल्ला चल्ने बित्तिकै वा आपूर्तिमा सामान्य ढिलाइ हुँदा पनि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ । जसका कारण ग्यास पाइने आशमा मानिसहरू यसरी उद्योग र डिपोहरूमा ह्वारह्वार्ती पुग्ने गर्छन् । अत्यावश्यक उपभोग्य वस्तुको रूपमा रहेको खाना पकाउने ग्यासको वितरण प्रणालीलाई व्यवस्थित गर्न नसक्नु र बेला–बेलामा यस्तो अभाव सिर्जना हुनुले आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । सम्बन्धित निकायले ग्यास आपूर्तिलाई सहज, पारदर्शी र नियमित बनाउन तत्काल कदम नचाल्ने हो भने सर्वसाधारणले यस्तो सास्ती अझै व्यहोरिरहनुपर्ने निश्चित छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ हुनुहुन्थ्यो । गएराति अप्ठ्यारो महशुस भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आउनुभएको थियो । गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा उहाँको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उहाँ झापा फर्कनुभएको थिएन ।
पोखरा । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुुन् । आवश्यक परे कानूनमा संशोधन गरेर भएपनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दवाव दिन आफूहरुले सरकारसँग खबरदारी गर्नुपरेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनु भयो । उहाँले यस्ता जघन्य अपराधका घटनामा जिम्मेवार निकाय आफैँले संरक्षण गर्ने गरेको आफूहरुलाई आशंका लागेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
सामाजिक अभियन्ता सोडारीले भन्नुभयो,‘यो बलात्कारको घटना जुन सुर्खेतमा घट्यो । यो निकै दयनीय अवस्था छ । यस्तो खाले घटना पटकपटक भइरहँदा उपराधीहरु उत्साहित भइरहेका हुन् कि भन्ने अड्कल गर्न सकिन्छ । यो घटनामा निकै जघन्य अपराध देखिन्छ । यस्तो जघन्य अपराधको घटनामा सरकारका जिम्मेवार निकायहरुले विभिन्न घटनाहरुलाई ढाकछोप गर्ने तत्वहरुलाई निमिट्यान्न पार्नका लागि नीतिगत रुपमा नै करेक्शन गर्नुपर्छ किभनेर हामीले सामाजिक विरोधका कार्यक्रम गरेका हौँ ।’
प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।
इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउन नहुने टर्कीका विदेशमन्त्री हाकान फिदानले बताउनुभएको छ । साथै उहाँले इरानमा सत्ता परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभएको छ । राजधानी अंकारामा भ्रमणमा रहेका जर्मन विदेशमन्त्री जोहान वाडेफुलसँगको संयुक्त पत्रकार सम्मेलनमा फिदानले यो युद्ध जतिसक्दो चाँडो रोकिनुपर्ने बताउनु भयो । इरानको क्षेत्रीय अखण्डताको सम्बन्धमा कुनै समस्या हुनुहुँदैन र सत्ता परिवर्तन जस्ता लक्ष्यहरू राखिनु नहुने उहाँको भनाइ छ । यस क्षेत्र जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्कनुपर्ने उहाँले बताउनु भयो । फिदानले इरानका लागि विखण्डनकारी परिदृश्यहरू खडा गर्ने प्रयास भइरहेको भन्दै चेतावनी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मोहनप्रसाद ओली केही समययता अस्वस्थ हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई ओलीको गुण्डु (भक्तपुर) स्थित निवासमा लगिने भएको छ भने अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिनेछ ।





