
नेपाली काँग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाउनुभएको छ ।
आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनि हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने बताउनुभएको हो । वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन शुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उहाँको दाबी छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरुले सभापति थापाको ससुराको रुपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरुलाई जवाफ दिइरहनुनपर्ने बताउनु भयो । उहाँले पशुपति दर्शन छिद्राको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणीहरु बनीबनाउ षड्यन्त्र भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसभित्रै बाट आफ्नो पहिचान गगन थापाको ससुराको रुपमा मात्र सिमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाउनु भयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोईरालासहितको प्रसंग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरुले आफ्नै योगदानका आधारमा भुमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘२०१८ साल वैशाख ५–६ गते २०१७ सालको राजाको कदमको विरुद्ध पर्चा बाँड्दै गर्दा जेल परेर जुन यात्रा अर्जुन नरसिंहको बारेमा केही थाहा नभएर मलाई केही थाहा नभएको खाली गगनको ससुरा मात्रै चिनेका पत्रकारहरूलाई अथवा सामाजिक सञ्जालको मान्छेलाई मैले के जवाफ दिइरहने ? उहाँहरूलाई धन्यवाद कम्तिमा एउटा जबर्जस्त देशले विश्वास गरेको ज्वाइँको नाम मसँग जोड्नुभयो, म त्यसमा धन्यवाद दिन चाहन्छु । होइन भने यो बनीबनाउ षड्यन्त्र हो । पशुपति दर्शन छिद्राको व्यापार भन्छन् नि कहिलेकहीँ । एउटा मट्याङ्ग्राबाट गगनजीलाई पनि तेजोवध गर्ने मलाई पनि तेजोवध गर्नको निम्ति गरिएको प्रयत्न हो । यस्ता प्रयत्न विभिन्न कोणबाट भएका छन् । जानीजानी गरिएका छन् । काँग्रेसभित्रबाट पनि भयानक भएको छ, अरु पार्टीको नाम लिन्नँ । त्यसले मलाई के असर पर्या छ ? म अर्जुननरसिंह आफू जे छु त्यो छु मलाई समाजले चिन्या पनि छ । अब त्यसलाई गलत भन्नेहरुले भनेका पनि छन् । कसैले त्यसमा रमाइलो मानेका छन् भने त्यसमा उनीहरुलाई रमाइलो मान्न दिऊँ न । मेरो मेरो नाम लिएर कसैलाई रमाइलो लाग्छ भने मैले टाउको दुखाउनुपर्ने कारण के छ ? तर मेरो पहिचान गगनको ससुराको रूपबाट लिने, गगन ज्वाइँ हुँदाखेरि म गर्व गर्छु यो देशले अत्यन्त प्रभावकारी रूपले पत्याएको नेतृत्व मध्ये उहाँ हुनुहुन्छ । उहाँको सशक्त्ता र जीवन्तता अहिले अझ बढ्ता आवश्यकता छ त्यो एउटा पक्ष भयो । तर म अर्जुननरसिंह गगनको ससुरा भएर चिन्ने चिनाउने यो जुन खालको खेल खेल्नेमा रमाउनेहरू छन् नि उनीहरूलाई पुगोस्, उनीहरूलाई राम्रो होस् । गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदाहुँदै अथवा सभापति हुँदाहुँदै उपसभापति शैलजा आचार्य भएको होइन ? शैलजा आचार्यको आफ्नै इतिहास थियो, आफ्नै योगदान थियो । कसैले प्रश्न उठाउने कुरा पनि भएन । उहाँ त्यही बेलामा गिरिजाबाबु हुँदा मन्त्री उपप्रधानमन्त्री भएको होइन ? अनि गिरिजाप्रसाद कोईराला सभापति हुँदाहुँदै उपसभापति सुशील कोईरालालाई दिएको होइन ? नाता भनेर एउटा काँचो मान्छे कहिल्यै नचिन्या मान्छेलाई कसैले ल्याएको भए यो एउटा प्रश्न हुन्छ ।’
पार्टी निर्माण र व्यवस्था पुनःस्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरुले आफूलाई न्याय गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफू रुपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी समेत गर्नुभयो । उहाँले काँग्रे बद्लिएको हेर्न नचाहानेहरुले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताउनु भयो ।
नेपाली राजनीतिको रङ्गमञ्चमा फागुन २१ गतेको घटना एउटा सामान्य सत्ता समीकरणको फेरबदल मात्र थिएन, यसले देशको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसलाई एउटा गम्भीर ऐना देखाएको छ । एकातिर सत्ताबाट बाहिरिएर सदनको ‘कुना’ मा खुम्चिनुपर्ने बाध्यता, अर्कोतिर नयाँ उदीयमान शक्तिहरूको चुनौती र पार्टीभित्रै मौलाएको गुटबन्दीको ऐँजेरु । यही जटिल मोडमा उभिएर नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रभावशाली युवा नेता नैन सिंह महरले हालै न्युज एजेन्सी नेपालसँगको संवादमा पार्टीको भविष्य र वर्तमान संकटबारे निर्मम चिरफार गर्नुभएको छ । डडेलधुराको निर्वाचनमा पार्टीभित्रैको आन्तरिक दाउपेचको मारमा पर्नुभएका महरको शब्दमा अहिले काँग्रेसले आफ्ना सबै पुराना मान्यता र कार्यशैलीलाई ‘डिकन्स्ट्रक्सन’ (विघटन) गरेर पुनर्निर्माण गर्नुपर्ने बेला आएको छ ।
नेता महरको विश्लेषणमा काँग्रेसको हारको प्रमुख कारण समयचेतमा देखिएको जडता रहेको हो ।
नेता महर भन्नुहुन्छ, “हामीले २०४८ सालको मानसिकता र त्यतिबेलाको समाजशास्त्रको अध्ययन गरेर २०८२ सालको चुनाव लड्ने गल्ती ग¥यौँ । जहाँ न प्रश्नपत्र मिल्यो, न उत्तर मिल्यो।”
महरकाअनुसार नेपाली समाजले चेतना र प्रविधिको क्षेत्रमा जति ठूलो फड्को मारिसकेको छ, काँग्रेसको नेतृत्व र कार्यशैली अझै पनि मुम्बईबाट आएका माइक र पम्प्लेट बाँडेर चुनाव जित्ने पुरानो ढर्रामै अल्झिएको छ ।
यो केवल चुनावी हारको कुरा मात्र होइन, बरु समाजको बदलिएको ‘सोसियोलोजी’ बुझ्न नसक्नुको परिणाम हो ।
महर भन्नुहुन्छ, “भविष्य कहिलेकाहीँ यति छिटो आइदिन्छ कि त्यसको तयारी नगर्ने संस्था र व्यक्ति लोप हुनुको विकल्प रहँदैन। ८४ सालमा आउनुपर्ने भविष्य ८२ मै आइपुग्यो, तर हामी पुरानै प्रश्नपत्रको धङ्धङ्गीमा अलमलियौँ।”
उहाँको संकेत प्रष्ट छ— अब वीपीको नाम जपेर मात्र पुग्दैन, वीपीले परिकल्पना गर्नुभएको ‘उत्तर आधुनिक’ नेपालको नयाँ स्वरूपलाई आजको ‘डिजिटल पुस्ता’ सँग जोड्न सक्नुपर्छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ११ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै ठूलो एनिमल पास निर्माण भइरहेको छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको झापा चारआली क्षेत्रमा हात्तीका लागि राजमार्गमा छुट्टै ओभरपास निर्माण थालिएको हो । भारतबाट जगंली हात्तीहरु आउने रुट पहिचान गरेर ओभरपास निर्माण थालिएको काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतले जानकारी दिनुभयो । एशियाली मापदण्डको सडक निर्माण थालिएसँगै जंगली जनावरका लागी पनि छुट्टै रुट निर्माण थालिएको हो । बायो डाइभरसिटि अध्यायनअनुसार यो मार्ग हात्तीका लागि उपयुक्त देखिएको इ. महत बताउनु हुन्छ । भारतबाट आउने जगंली हात्तीका कारण यो क्षेत्रमा सवारी आवागनलाई अवरोध नहुने गरी रुट निर्माण थालिएको छ ।
यहाँ १५ मिटर चौडाई र ६ दशमलव ५ मिटर उचाईका २ वटा पुल निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै हात्तीहरुको निगरानी राख्न सुक्ष्म क्यामेरा समेत जडान गरिने इ. महतले जानकारी दिनुभयो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बिहीवार संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको अमेरिकी प्रविधि कम्पनी ‘ओराकल’ को डाटा सेन्टरमा आक्रमण गरेको दाबी गरेको छ । दुबई मिडिया अफिसले शुक्रवार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त दाबीलाई अस्वीकार गरेको छ । कार्यालयले दुबईस्थित ओराकलको डाटा सेन्टरमा इरानी आक्रमण भएको भनिएका रिपोर्टहरूलाई ‘भ्रामक र असत्य’ बताएको छ । यसअघि बिहीवार नै आईआरजीसीले इरानी नागरिकहरूको हत्याको बदलामा यस क्षेत्रमा रहेका अमेरिकी र इजरायली जासुसी कम्पनीहरू विरुद्धको पहिलो कारबाही स्वरूप बहराइनमा रहेको अमेजनको क्लाउड कम्प्युटिङ अपरेसन सेन्टरलाई निशाना बनाएर ध्वस्त पारेको बताएको थियो ।
गत फेब्रुअरी २८ देखि इरानमाथि शुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ । यसैको प्रतिक्रियास्वरूप इरान र यसका क्षेत्रीय सहयोगीहरूले मध्य पूर्वभरि रहेका इजरायली र अमेरिकी स्वार्थ केन्द्रहरूमाथि निरन्तर आक्रमण गरिरहेका छन् ।
अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् । अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले शुक्रबार राति मात्रै १३ जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको एसएसपी खड्काले बताए । अपराध अनुसन्धान कार्यालयका अनुसार यसक्रममा अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोससमेत १३ जनालाई पक्राउ गरेको हो ।
यस्तै, परिसरले पनि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । परिसरले श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरेको हो । प्रहरीले पछिल्लो समय बिचौलियाहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । विभिन्न सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी भएको गुनासो आएपछि प्रहरी सक्रिय भएको हो ।
यी हुन् अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका १३ जना–
–सजिंव लामा, काभ्रे नमोबुद्ध–१
–अशोक गिरी, सिन्धुपाल्चोक मेलम्ची–७
–वकिल वम, कालिकोट, पलाता
–सुरेश गुरुङ भन्ने किमजोङ, खोटाङ, एंसेलुखर्क–१
–संजिव राई, खोटाङ, एंसेलुखर्क–२
–राज कमुमार तामाङ, काभ्रे, पाँचखाल–४
–बिनोद ठकुरी, काभ्रे, मण्डनदेउपुर–१०
–शेर्पा लामा, काभ्रे, चुरिदेउराजी–७
–राहुल राई, खोटाङ, कपिलासगढी
–समेश तामाङ, नुवाकोट, दुप्चेश्वर–४
–सुन बहादुर तामाङ, नुवाकोट, शिवपुरी–५
–वीर बहादुर लामा, काभ्रे, मण्डनदेउपुर–१०
–महेश महत, ललितपुर, महाङ्काल
काठमाडौं प्रहरी परिसरले पक्राउ गरेका ५ जना–
–प्रविण तामाङ (डिम्पल) (श्याम लामा समूहमा सक्रिय रही बौद्द एरियामा गुण्डागर्दी गर्दै आइरहेको)
–बिर्जु महर्जन (कलंकी– बाफल एरियामा गुण्डागर्दीमा संलग्न)
–सुजन कार्की (कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दिमा सक्रिय)
–सरु हुमागाईं (स्यूचाटार एरियामा गुण्डागर्दिमा सक्रिय, पछिल्लो समय ग्याङ निर्माणमा लागेको)
–विकि लामा (बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दिमा संलग्न)
मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सञ्चालन गरेको छ । शुक्रवार परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वमा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार शुक्रवार काठमाडौं–दुबई, शनिवार दुबई–काठमाडौं, आईतवार काठमाडौं–दमाम, आईतवार दमाम–काठमाडौं उडान हुनेछन् । उहाँले प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याउने जानकारी दिनुभयो । त्यस्तै नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएको समेत प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २(१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको समेत उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याल प्रतिनिधिसभाको सभामुख चयन हुने निश्चित भएको छ । शुक्रवार उपसभापति अर्यालको मात्रै सो पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव संघीय संसद सचिवालयमा दर्ता भएकाले उहाँ सभामुख बन्ने निश्चित भएको हो । अर्यालको मात्रै उम्मेदवारी परेकाले सभामुख चयन हुनेकुरा सुनिश्चित भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो । सभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो पदका लागि प्रश्ताव दर्ता गर्नुपर्ने थियो । त्यसमा रास्वपाका उपसभापति अर्यालले मात्रै उम्मेदवारी दिनुभएको हो । आगामी मंगलबार बोलाइएको प्रतिनिधि सभा बैठकमा अर्यालका प्रस्ताव रवि लामिछानेले प्रश्ताव गर्ने र समर्थकहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेपछि सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने पनि संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता गिरीले भन्नुभयो,‘निर्वाचन कार्यक्रमअनुसार सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रश्ताव दर्ताका लागि आज ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको थियो । यो समयमा आज एक मात्रै प्रश्ताव दर्ता हुन आएको छ । प्रश्ताव माननीय रवि लामिछाने रहनुभएको छ भने समर्थक माननीय सदस्यहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्साल रहनुभएको छ । उनीहरुले माननीय सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रश्ताव दर्ता गर्नुभएको छ । प्रस्ताव ११ बजेर ५ मिनेटमा दर्ता भएको हो । एक मात्रै प्रश्ताव दर्ता हुन आएको छ । प्रश्ताव सदस्यले २२ गते बस्ने बैठकमा प्रश्ताव प्रश्तुत गर्नुहुन्छ । र समर्थन गर्ने सदस्यहरुले समर्थन गरिसकेपछाडि एक मात्रै प्रश्ताव दर्ता हुन आएकाले त्यस पछाडि निर्विरोध घोषणा हुन्छ रास्वपाको प्रतिनिधि सभामा करिव दुई तिहाई १८२ जना सांसदहरु रहेका छन् । उपसभामुख चयनका लागि भने अन्य राजनीतिक दलहरुसँग रास्वपाका शीर्ष नेताहरु छलफलमा रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्नेछ
संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह स्थलका मजदुरले काम ठप्प पारेका छन् ।
६ महिनादेखि तलब भत्ता नपाएपछि एक हजार ५ सय कामदार आन्दोलित भएका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृह चिचिला गाउँपालिका —२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले बुधबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलनका कारण अरुण तेस्रो आयोजनाको विद्युत् गृह चिचिला गाउँपालिका —२ पुखुवामा काम पूर्णरूपमा प्रभावित भएको छ । अरुण तेस्रो विद्युत् गृह स्थलको काम भारतीय निर्माण कम्पनी पटेल इन्जिनियरिङ कमपनीले गरिरहेको छ ।
६ महिनादेखि मजदुरहरूले तलब नपाएको भन्दै बुधबारदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । निर्माण कम्पनीले समयमा तलब भुत्तानीका लागि चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै मजदुर तथा पेटी ठेकेदारले काम रोकेका हुन् ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले अरुण तेस्रो आयोजनाको विद्युत् गृह स्थलका मजदुरले समयमा तलब भुक्तानी माग गर्दै आन्दोलन गरेको जानकारी पाएको बताइन् ।
यसअघि पनि मजदुरहरूले समयमा तलब भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन आएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएको थपलियाले बताइन् ।
९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ ।
आयोजनाको ड्याम फ्याक्सिदा र विद्युत् गृह स्थल पुखुवामा ३ हजार भन्दा बढी भारतीय र नेपाली कामदारले काम गरिरहेको छन् ।
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजना सम्पन्न गर्न एक खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त विकास सम्झौता पीडीएमा उल्लेख छ ।
अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले इन्धनको आकाशिएको मूल्यलाई मध्यनजर गर्दै सरकारले इन्धनमा लाग्ने करलाई आगामी तीन महिनाका लागि आधा घटाउने घोषणा गर्नुभएको छ । राज्य र क्षेत्रका नेताहरूसँगको बैठकपछि क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री अल्बानिजले बुधबारदेखि लागू हुने गरी आगामी तीन महिनासम्म ‘फ्युल एक्साइज’ (इन्धन अन्तःशुल्क) कटौती गरिने जानकारी दिनुभयो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित तेल संकटले इन्धनको मूल्य बढिरहेको सन्दर्भमा यस पहलले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २६.३ सेन्टले घटाउने उहाँले बताउनु भयो । अस्ट्रेलियन इन्स्टिच्युट अफ पेट्रोलियम (एआइपी) को पछिल्लो तथ्याङ्कअनुसार आईतवार समाप्त भएको हप्तामा नियमित ‘अनलेडेड’ इन्धनको राष्ट्रिय औसत मूल्य प्रतिलिटर २.५३ अस्ट्रेलियन डलर (करिव १.७३ अमेरिकी डलर) पुगेर नयाँ कीर्तिमान कायम गरेको छ । यो अघिल्लो हप्ताको २.३८ अस्ट्रेलियन डलरको तुलनामा ६.३ प्रतिशतको वृद्धि हो । त्यसैगरी, सोही अवधिमा डिजेलको औसत राष्ट्रिय मूल्य ९.७ प्रतिशतले बढेर प्रतिलिटर ३.१ अस्ट्रेलियन डलर पुगेको एआइपीले जनाएको छ ।
यसका साथै, ढुवानी क्षेत्र (ट्रकिङ उद्योग) लाई राहत दिन ठूला सवारी साधनले प्रयोग गर्ने डिजेलमा लाग्दै आएको प्रतिलिटर ३२.४ सेन्टको ‘रोड युजर चार्ज’ लाई पनि तीन महिनाका लागि शून्यमा झारिएको उहाँले घोषणा गर्नुभयो । अस्ट्रेलियाका कोषाध्यक्ष जिम चालमर्सका अनुसार यी दुई उपायहरू कार्यान्वयन गर्दा सरकारी राजस्वमा करिब २.५५ अर्ब अस्ट्रेलियन डलर बराबरको भार पर्ने अनुमान गरिएको छ ।
जीवनयापनको बढ्दो लागत कम गर्ने उपायहरूका अतिरिक्त, प्रधानमन्त्री अल्बानिजले सोमबार राज्य र क्षेत्रका नेताहरू इन्धन सुरक्षाका विषयमा सरकारहरू कसरी मिलेर काम गर्ने भन्ने बारे एक राष्ट्रिय योजनामा समेत सहमत भएको जानकारी दिनुभयो ।





