२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

२७ चैत, कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन् । बिहीबार मिर्गी भएर ढलेपछि थुुनुवा धनगढी उपमहानगरपालिका—७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगेको थियो ।

तर, राना उपचारकै क्रममा भागेको प्रहरीले जनाएको छ । अस्पतालमा प्रहरीको निगरानीमा रहेका राना राति पौने ९ बजेतिर भागेका थिए । अस्पतालबाट भागेका रानाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले रानाको खोजी कार्य भइरहेको जानकारी दिए । उनकाअनुसार रानालाई प्रहरीले १३ ग्राम ब्राउन सुगरसहित २४ चैतमा पक्राउ गरेको थियो ।

 

बिहीबार साँझ ५ बजेतिर मिर्गी आएर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । तर, होस् खुलेपछि निगरानीमा खटिएका प्रहरीको नियन्त्रणमा उनी भागेर फरार भएका थिए ।

 
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि सुन तस्करीमा भ्रष्टाचार मुद्दा चलाएको छ।
  • अख्तियारले १० पुस २०७९ मा फ्लाई दुबईबाट ल्याइएको ८ किलो ४८० ग्राम सुन तस्करीमा भन्सार कर्मचारीहरूले मिलेमतो गरेको आरोप लगाएको छ।
  • मुद्दामा प्रमुख भन्सार प्रशासन अरुण पोखरेल र अन्य भन्सार अधिकृतहरूलाई समेत भ्रष्टाचारमा संलग्न भएको उल्लेख गरिएको छ।

२६ चैत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले प्रमुख भन्सार प्रशासन अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेलमाथि मुद्दा चलाएको हो ।

अख्तियारले महरासहित उनको छोरा राहुल, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की र निमा गुरुङमाथि पनि मुद्दा चलाएको हो ।

त्यसैगरी प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र दोजिङ वाङ अनि बेल्जियमका नागरिक दावा छिरिङ तथा भारतीय नागरिक साहेव राव पाण्डुरङ विरुद्ध मुद्दा चलाएको हो । त्यसैगरी डेक्टर ट्राभल्स एण्ड टुर्स प्रालि माथि पनि मुद्दा चलाएको छ  ।

१० पुस २०७९ मा फ्लाई दुबईबाट चिनियाँ नागरिक लि हाङ सोङले २ वटा सुटकेस ल्याएका थिए । त्यसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) थियो । त्यसमा सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूले मिलेमतो गरेको अख्तियारको आरोप हो ।

शंकास्पद देखिएको मालवस्तुको भौतिक रूपमा पनि चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नै नगरेको अख्तियारको आरोप हो ।

त्यसरी बरामद गरिएको सामान गोदाममा बन्द गरी राख्नुपर्नेमा गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखेको र सुन छुटाउने समूहका व्यक्तिहरुसँग अस्वभाविक भेटघाट र फोन सम्पर्क गरेको भनी अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो ।

शंकास्पद वस्तु करिब १९ दिन भन्सारमा राखेर त्यसपछि मात्रै मुद्दा तथा लिलामी शाखामा पठाएको भन्दै अख्तियारले पछि सामग्री परिवर्तन गर्ने बदनियतले सीसीटीभीको कभरेज नभएको ठाँउमा सारेको आरोप लगाएको छ ।

अख्तियारले आठ किलो ४८० ग्राम सुन तस्करीमा भूमिका खेलेको भन्दै उनीहरूमाथि सात करोड ७८ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको हो ।

अख्तियारले भन्सारका कर्मचारीहरूमाथि भ्रष्टाचारको आरो

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटिएको बताएका छन्।
  • उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरेको र १३ दिन गैरकानुनी नियन्त्रणमा राखेको उल्लेख गरेका छन्।
  • ओलीले रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार प्रकट गर्दै केही दिन अस्पतालमै उपचार गराउने जानकारी दिएका छन्।

२६ चैत, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको पनि बताएका छन् ।

‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

उनले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् ।

‘प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु,’ उनले लेखेका छन्, ‘
मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।’

उनले आफू केहीदिन अझै अस्पतालमै रहने पनि जानकारी गराएका छन् । उनले थप भनेका छन्, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।’

 

२६ चैत, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो । सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो ।

 

उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गौरी बहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि उनी समातिएका थिए ।

 

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हिरासतमुक्त भएका छन् ।

 
 
 
  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ र अस्पतालमै परिवारको जिम्मा लगाइएको छ।
  • ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ गरिएको थियो र उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए।
  • सर्वोच्च अदालतले चैत २६ गतेभित्र ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान टुंग्याउन आदेश दिएको थियो।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।

बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत  बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।

प्रहरीले पनि  नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

पोखरा — गण्डकी प्रदेश सरकारद्वारा स्थापित गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह यही २८ चैतमा हुने भएको छ । पोखरा–३२ मालमुलस्थित विश्वविद्यालयकै प्रांगणमा आयोजना हुने समारोहको सम्पूर्ण तयारी पूरा भएको विश्वविद्यालयले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार समारोहमा विभिन्न तीनवटा शैक्षिक कार्यक्रमका कुल ४४ जना विद्यार्थी दीक्षित हुनेछन् । जसमा ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट (बीएसएम) का ११ जना, ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) का १८ जना र बी फर्माका १५ जना विद्यार्थी रहेका छन् । समारोहमा प्रमुख दीक्षान्त वक्ताका रूपमा वरिष्ठ शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमा सहभागी हुनेछन् ।

विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले यो समारोह विश्वविद्यालयको संस्थागत विकासका लागि कोशेढुंगा सावित हुने बताए । ‘यो दीक्षान्त समारोह हाम्रो विश्वविद्यालयको शैक्षिक उत्कृष्टता र विधिसम्मत व्यवस्थापनको प्रतीक हो,’ उनले भने, ‘हामीले छोटो समयमै गण्डकी प्रदेशको उच्च शिक्षामा एक विशिष्ट पहिचान बनाउन सफल भएका छौं ।’

उपकुलपति एवं दीक्षान्त समारोह समितिका अध्यक्ष कृष्णराज अधिकारीले पहिलो दीक्षान्तलाई मर्यादित र पारदर्शी बनाउन पाँचवटा उपसमिति बनाएर काम गरेको जानकारी दिए । ‘हामीले गण्डकी विश्वविद्यालय दीक्षान्त समारोह कार्यविधि २०८२ बमोजिम नै सबै तयारी सकेका छौं,’ उनले भने, ‘उत्कृष्ट नतिजा ल्याउने एक जनालाई कुलपति पदक र प्रत्येक कार्यक्रमका एक–एक जना गरी तीन जनालाई उपकुलपति पदकबाट पुरस्कृत गरिनेछ ।’

 

२०७६ मा नेपालकै पहिलो प्रदेश विश्वविद्यालयका रूपमा स्थापना भएको यस संस्थामा हाल ६ वटा कार्यक्रममा ७ सय ५० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले निकट भविष्यमै विद्यावारिधि र स्नातकोत्तर तहका थप कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा विश्वविद्यालयले भर्खरै ‘गण्डकी रिसर्च प्रोग्राम’ समेत सुरु गरेको र अनुसन्धानमा जोड दिइरहेको जानकारी गराएको थियो । 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।’ हाल देउवा दम्पत्ति विदेशमा छन् । २१ फागुनको चुनाव अघि देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो ।

यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताउनुभएको छ । 
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो टिप्पणी गर्नुभयो । सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भएपनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताउनु भयो । मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उहाँको तर्क थियो ।
उहाँले भन्नुभयो,‘आज उनीहरुले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरु थिए नि त । अनि थाहा पाईएन भनेर सुख पाइन्छ ? आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती ग¥यो, विरायो भने विराएछ भनेर भन्न त सक्नु प¥यो नि त । ल म क्षमा माग्छु पनि भन्नुप¥यो । क्षमा मागेर को मान्छे घटछ ? घट्दैन नि । विराएको कुरा, गल्तीभएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने ? त्यो मेरो आफ्नो मनको कुरा हो ।
फरक प्रसंगमा सांसद पुनले संसदमा सांसदहरुले राखेका माग सरकारले सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको समेत बताउनु भयो । 

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ ।
सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउँदै मन्त्री प्रतिभा रावलले घरबाटै अफिसको काम गर्न आह्वान गर्नुभयो । नेपालमा केही सस्तोमा विक्री गर्नका लागि पेट्रोल डिजेल मटिटतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।
मन्त्री रावलले भन्नुभयो– ‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ, नेपालमा केही सस्तोमा विक्री गर्नका लागि पेट्रोल डिजेल मटिटतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । मूल्य संमायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन । त्यसैले पेट्रोलियम पदार्थको मूल्य संमायोजन गर्न व्यवहारिक देखिएको छ । पेटोलियम पदार्थ खपत नियन्त्रण गर्नका लागि आईतवार सार्वजनिक विदा, शैक्षिक संस्था वैशाख १५ बाट शुरु हुने, थोक विक्री नियन्त्रण, उच्चपदस्थको इन्धन कोटा कटौती, गरिसकिएको छ । आवश्यक परे जोर विजोर लागू गरिनेछ । सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनहरुको प्रयोग बढाउन आग्रह गर्छ ।’
मन्त्री रावलकाअनुसार सरकारले दीर्घकालिन रुपमा विद्युतीय गाडीहरुको कानूनी व्यवस्थापन अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको बताउनु भयो । इभी पूर्वाधार विस्तारमा सरकार प्रतिवद्ध रहेको बताउँदै रावलले सरकार पारदर्शी रहेको र सत्य नलुकाउने,जनताको पीडा बुझ्ने समेत बताउनु भयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।