पोखराको पृथ्वीचोकस्थित बसपार्कका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गा हालसम्म पनि निर्माण हुन नसक्दा पूर्णतः अतिक्रमणको चपेटामा परेको छ । २०३१ सालमा सरकारले बसपार्क निर्माणका लागि अधिग्रहण गरेको उक्त जग्गा अहिले अव्यवस्थित बसोवासी र सुकुम्बासीका नाममा बनेका संरचनाले भरिएको छ । पोखरा नगर योजना, २०३० र पोखरा उपत्यकाको गुरुयोजना, २०३१ अनुसार बसपार्कका लागि २०५ रोपनी जग्गा नापी गरी अधिग्रहण गरिएको थियो । जसको चारकिल्ला पूर्वमा सेती नदी, पश्चिममा पृथ्वी राजमार्गबाट हवाई अड्डा जाने गोरेटो बाटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणमा पोखरा विमानस्थलको सीमा निर्धारण गरिएको थियो । मुआब्जा वितरणका क्रममा केही जग्गाधनी असन्तुष्ट भई अदालत गएपनि अदालतले क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेकाअनुसार २०६४ सालमा बसपार्क निर्माणका लागि ठोस पहल गरिएको थियो । १० करोड रुपैयाँको लागतमा मास्टरप्लान तयार गरी सर्वदलीय सहमतिका आधारमा निर्माण प्रक्रिया अघि बढाउन खोजिए पनि तत्कालीन भौतिक निर्माण मन्त्री विजयकुमार गच्छदारले रोक्का पत्र पठाएर काम रोकेको लामिछानेको दाबी छ ।
लामिछाने भन्नुहुन्छ,‘हामीले २०५ रोपनीमध्ये १८७ रोपनी जग्गामा सुविधासम्पन्न बसपार्क बनाउने योजना बनाएका थियौँ । तर नगर विकास समितिका तत्कालीन पदाधिकारी र भूमाफियाको चंगुलमा परेर मन्त्रालयले काम गर्न दिएन । मलाई १३ महिनासम्म कुनैपनि काम गर्न नदिई पत्रमार्फत रोकियो ।’
अधिग्रहण गरिएको जग्गामा घडेरी वितरण गर्दा व्यापक अनियमितता भएको तथ्याङ्क बाहिर आएको छ । लामिछानेकाअनुसार विमानस्थल क्षेत्रबाट विस्थापित भएका ४९ परिवारका लागि ७२ वटा घडेरी वितरण गरिएको पाइएको छ । त्यसैगरी, २०४३ सालमा ६ रोपनी बराबर एउटा घडेरी दिने सहमति भएकोमा जग्गाधनीले ४ रोपनी बराबर एउटा घडेरी माग गरेका थिए । तर २०६० सालमा नगर विकासका पदाधिकारीहरूले ४ रोपनी बराबर दुईवटासम्म घडेरी वितरण गरी जग्गा दुरुपयोग गरेको आरोप लगाइएको छ ।
लामिछानेले भन्नुभयो, ‘जग्गाधनीले एउटा घडेरी माग गर्दा दुईवटा दिइनुले त्यहाँ कस्तो चलखेल भएको थियो भन्ने प्रस्ट हुन्छ ।’
हाल बसपार्कको जग्गा खुम्चिएर ५० रोपनीमा सिमित गर्न खोजिएकोमा लामिछानेले आपत्ति जनाउनु भयो । उहाँले अहिलेको सरकारले अधिकारसम्पन्न आयोग गठन गरी बसपार्कको जग्गामा भएको अनियमितताको छानबिन गर्नुपर्ने माग गर्नुभयो । वास्तविक जग्गाधनी, व्यापारी र सुकुम्बासीको उचित पहिचान र व्यवस्थापन गरी २०३१ सालकै गुरुयोजनाअनुसार आधुनिक बसपार्क निर्माण गरिनुपर्नेमा सरोकारवालाहरूको जोड छ । व्यवस्थित बसपार्क नहुँदा पर्यटकीय सहर पोखराको यातायात व्यवस्था र सहरी सौन्दर्यमा समेत प्रतिकूल असर परिरहेको छ ।
- सरकारले सुमुमवासी व्यवस्थापनका लागि बस्तीहरुमा डोजर चलाइरहेको छ।
- सुकुमवासीको पहिचान नगरी नदी किनारका जोसुकैको घर भत्काउन थालेपछि नागरिक आतंकित भएका छन्।
- धोबीखोला क्षेत्रमा डोजर चलेपछि बासिन्दाले जग्गाधनी प्रमाणपत्र टाँसेका छन्।
१९ वैशाख, सरकारले सुमुमवासी व्यवस्थापनका गर्न भन्दै अहिले बस्तीहरुमा डोजर चलाइरहेको छ । सुकुमवासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलेपछि त्यसको आलोचना भइरहेको छ ।
सुकुमवासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउन थालेपछि नागरिक आतंकित बनेका छन् ।
नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन् ।
बस्ती उठाउने क्रमलाई निरन्तरता दिने क्रममा आज धोबीखोला क्षेत्रमा डोजर चलाइँदै छ । डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।
आज धोबीखोलाको रुद्रमती मन्दिरनजिकको क्षेत्रमा डोजर चलेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्तादेखि युरोपेली संघ (ईयू) बाट आयात गरिने कार तथा ट्रकहरूमा भन्सार शुल्क (ट्यारिफ) बढाएर २५ प्रतिशत पु¥याउने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उक्त घोषणा गर्नुभएको हो। युरोपेली संघले यसअघि दुई पक्षबीच भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेका कारण आफूले यस्तो कदम चाल्न लागेको उहाँले उल्लेख गर्नुभयो ।
ट्रम्पले लेख्नुभएको छ, ‘युरोपेली संघले हाम्रो पूर्ण सहमतिको व्यापार सम्झौता पालना नगरेको तथ्यका आधारमा म यो घोषणा गर्दछु कि, आगामी हप्तादेखि अमेरिका भित्रिने ईयूका कार र ट्रकहरूमा लगाइने भन्सार शुल्क बढाएर २५ प्रतिशत पु¥याइनेछ ।’
यद्यपि, यदि ती सवारीसाधनहरू अमेरिकाकै उद्योगहरूमा उत्पादन गरिएमा भने कुनैपनि भन्सार शुल्क नलाग्ने उहाँले स्पष्ट पार्नुभएको छ ।
यसअघि फेब्रुअरी महिनामा अमेरिकी सर्वोच्च अदालतले ‘अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन’ अन्तर्गत ट्रम्प प्रशासनले अघि सारेको भन्सार नीतिलाई असंवैधानिक ठहर गरेको थियो । तर वर्तमान प्रशासनले अन्य कानूनहरूको आधारमा नयाँ आयात कर प्रणाली स्थापित गर्ने प्रयास गरिरहेको छ ।
युरोपेली तथ्याङ्क निकाय ‘युरोस्ट्याट’ का अनुसार सन् २०२४ मा युरोपेली संघ र अमेरिकाबीचको वस्तु तथा सेवाको व्यापार १.७ ट्रिलियन युरो (करिब २ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । यो तथ्याङ्क अनुसार दैनिक करिब ४.६ बिलियन युरो बराबरको कारोबार हुने गर्दछ ।
ट्रम्पको यस चेतावनीप्रति युरोपेली संघले सतर्कता व्यक्त गरेको छ। युरोपेली आयोगका प्रवक्ताले शुक्रवार प्रतिक्रिया दिँदै यदि अमेरिकाले गत वर्ष दुई पक्षबीच भएको पारस्परिक, निष्पक्ष र सन्तुलित व्यापार सम्बन्धी संयुक्त वक्तव्यको प्रतिकूल हुने गरी कुनै कदम चालेमा ईयूले आफ्नो हित रक्षाका लागि सबै विकल्पहरू खुला राख्ने बताउनुभएको छ ।
पोखरा महानगरपालिकाले फालिएका वस्तुहरूको पुनः प्रयोग (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यका साथ सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा निर्माणाधीन यस केन्द्रले प्रत्यक्ष रूपमा झन्डै ३ हजार व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य राखेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाअनुसार यो केन्द्र पोखराको भौगोलिक पहिचान झल्किने गरी ‘घोप्ट्याइएको ढुङ्गा’ को विशिष्ट शैलीमा डिजाइन गरिएको छ । यस्तो वास्तुकला नेपालमै दुर्लभ रहेको दाबी गरिएको छ । यो भवन केवल एक भौतिक संरचना मात्र नभई देशभरका मानिसका लागि फालिएका चिजहरूबाट नयाँ सामग्री उत्पादन गर्ने र चक्रीय आर्थिक प्रणाली (इकोनोमिक इको–सिस्टम) बारे अध्ययन गर्ने एउटा ‘लर्निङ सेन्टर’ (सिकाइ केन्द्र) का रूपमा विकसित गरिनेछ ।
दक्षिण कोरियाली सरकारको करिव २ अर्ब २५ करोड रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस आयोजनामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र कोइकाको साझेदारी रहेको छ । आयोजना कार्यान्वयनका लागि पोखराको शिवालय चोकमा कार्यालय स्थापना गरी स्थानीय साझेदारहरूसँगको समन्वयमा काम अगाडि बढाइएको छ ।
यस परियोजनालाई प्रभावकारी बनाउन महानगरपालिकाका ३३ वटै वडामा १००–१०० जना सम्मिलित सामुदायिक समूहहरू गठन गरिएको छ । ती समूहहरूलाई आवश्यक पर्ने प्राविधिक उपकरण र अन्य सामग्रीहरू आयोजनाले नै उपलब्ध गराइरहेको प्रमुख आचार्यले जानकारी दिनुभयो । यस पहलले फोहोर व्यवस्थापनका साथै स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाडौंले पाएको थियो ।
परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।
पोखरा महानगरपालिकामा फोहोरमैला व्यवस्थापनलाई आयआर्जन र पर्यटनसँग जोड्ने उद्देश्यका साथ ‘ग्रिन भेन्चर जोन’ (जीभीजेड) निर्माण भइरहेको हो । ‘ग्रिन जब क्रिएसन थ्रु रिसाइकल एण्ड अपसाइकल’ परियोजना अन्तर्गत यो संरचना निर्माण गरिएको हो । जसलाई स्थानीय रूपमा ‘कोसेली घर’ को नाम दिइएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ मा निर्माणाधीन यस कोसेली घरलाई मुख्यतः एक प्रदर्शनी तथा सिकाइ केन्द्रको रूपमा विकास गर्न लागिएको परियोजनाका फोकल पर्सन एवं इन्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँकाअनुसार यस केन्द्रमा फोहोर संकलन भन्दा पनि फोहोरलाई कसरी उपयोगी र मूल्यवान सामग्रीमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुराको प्रदर्शनी र प्रशिक्षण दिइनेछ । परियोजनाले पोखरा महानगरका १ सय ३६ वटा समुदायलाई छनोट गरी स्थानीय बासिन्दालाई फोहोरबाट आकर्षक सामग्री बनाउने तालिम प्रदान गरिरहेको छ । ती समुदायले तयार पारेका सामग्रीहरूलाई यसै कोसेली घरमा प्रदर्शनी र विक्रीका लागि राखिनेछ ।
‘हामीले रिसाइकल भन्दा पनि अपसाइकललाई प्राथमिकता दिएका छौँ’ इन्जिनियर तिमिल्सिनाले भन्नुभयो, ‘प्रयोगविहीन पुराना कपडा वा फर्निचरमा मूल्य अभिवृद्धि गरी आकर्षक सामग्री बनाइनेछ, जसले स्थानीयको आयआर्जनमा समेत सहयोग पुग्नेछ । यस केन्द्रले विद्यार्थी र अन्य स्थानीय तहका प्रतिनिधिहरूका लागि फोहोर वर्गीकरण र व्यवस्थापनसम्बन्धी अध्ययन स्थलको रूपमा समेत काम गर्नेछ ।
महानगरले यस केन्द्रलाई केवल फोहोर व्यवस्थापनको क्षेत्रमा मात्र ससमित नराखी एक नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । फेवाताल, सराङकोट र पुम्दीकोटजस्ता प्रमुख पर्यटकीय स्थलहरू भ्रमण गर्न आउने पर्यटकहरूका लागि यो ‘ग्रिन भेन्चर जोन’ एक नछुटाउनै पर्ने स्थल बन्ने विश्वास परियोजनाको छ । फोहोरबाट बनेका कलात्मक सामग्रीहरूको अवलोकन र खरिद गर्न सकिने भएकाले यसले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहजिकरण र सिरानचोक गाउँपालिका, गोरखाको आयोजनामा कर्मचारी र जनप्रतिनिधीहरुका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भयो ।
शुक्रबार पोखरामा सम्पन्न कार्यक्रममा सिरानचोक गाउँपालिकाले आफ्ना स्थानीय तहका जनता र सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहलाई छिटो छरिटो र व्यवस्थित बनाउनुका साथै स्थानीय तहका योजना तर्जुमाहरुलाई व्यवस्थित र वडास्तरबाट पहिचान गर्ने उद्देश्यले यो क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको थियो । सो तालिममा नेतृत्व विकास, कार्यालय व्यवस्थापनका आयम, विकास र विकास योजना, स्थानीय तहको योजना तर्जुमा र सभा संचालन जस्ता विषयवस्तुहमा सहजिकरण गरिएको थियो । सो तालिममा मुख्य प्रशिक्षकहरुको रुपमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना र प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गरेका थिए ।
उक्त कार्यक्रममा नमुना योजना निर्माण र गाउँसभा सञ्चालन गरिएको थियो । यो अभिमुखिकरण तालिमलाई अभ्यासमूलकरुपमा सञ्चालन गरिएको हुनाले टोल र वस्तीस्तरवाट योजना छनोट र प्राथामिकता निर्धारण गर्न सहजिकरण गर्ने कुरा तालिममा सहभागी जनप्रतिनिधीहरुले जानकारी दिनुभयो । यसरी योजना छनोट र निर्माण गर्दा वैज्ञानिक र यथार्थपरक हुनेका साथै जनताका विकास सम्बन्धी गुनासाहरुलाई सम्बोधन गर्न सहज हुने तालिममा सहभागी एक जना कर्मचारीले बताए । उक्त तालिममा ८ वटा वडा रेहेको सिरानचोक गाउँपालिकाका ८ जना वडाध्यक्षहरु, २० जना वडा सदस्यहरु र १२ जना विभिन्न शाखाका शाखा प्रमुखहरु सहित ४० जनाको सहभागी रहेको थियो ।
बैशाख १८, २०८३ शुक्रबार
म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लाइङले बुद्ध पूर्णिमा (कसोमको पूर्णिमा) को अवसर पारेर १ हजार ५ सय १९ जना कैदीहरूलाई आममाफी दिएका छन् । सरकारी सञ्चारमाध्यम म्यानमार रेडियो र टेलिभिजनका अनुसार बिहीबार दुई छुट्टाछुट्टै आदेश जारी गर्दै यो आममाफीको घोषणा गरिएको हो । आममाफी पाउनेहरूमा १ हजार ५ सय ८ जना स्वदेशी र ११ जना विदेशी नागरिक रहेका छन् । म्यानमारमा ‘कसोम’ महिनाको पूर्णिमालाई बुद्ध जयन्तीका रूपमा विशेष उल्लासका साथ मनाउने गरिन्छ । सार्वजनिक शान्ति र मानवीयता प्रवद्र्धन गर्ने, आममाफी पाएका व्यक्तिहरूलाई राष्ट्र निर्माणको मूलधारमा सहभागी गराउने र अन्य मुलुकसँगको मैत्रीपूर्ण सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले यो कदम चालिएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । आममाफीको शर्तअनुसार माफी पाएका स्वदेशी कैदीहरूले भविष्यमा पुनः कुनै अपराध गरेमा उनीहरूले नयाँ सजायका साथै अघिल्लो सजायको बाँकी अवधि पनि भुक्तान गर्नुपर्नेछ । यता विदेशी कैदीहरूलाई भने माफी दिएलगत्तै देश निकाला गरिएको छ ।यसका साथै, सैन्य प्रमुखले देशका विभिन्न कारागारमा सजाय काटिरहेका अन्य कैदीहरूको सजायमा समेत छैटौँ भाग (एक–षष्ठांश) कटौती गर्ने निर्णय गरेका छन् ।
यसअघि गत वैशाख ५ गते (अप्रिल १७) म्यानमारको परम्परागत नयाँ वर्षको अवसरमा पनि ४ हजार ५ सयभन्दा बढी कैदीहरूलाई आममाफी दिइएको थियो ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गरेका छन्।
- ओलीले बुद्धका सत्य, अहिंसा, करुणा र शान्तिको सन्देशहरू आजको विश्वमा सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
- बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको स्मरण गर्दै उनले सबै देशहरूबीच शान्ति र मैत्रीभाव कायम होस् भन्ने कामना पनि गरेका छन् ।
१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने बुद्धका शाश्वत सन्देशहरू आजको विश्वमा झनै सान्दर्भिक रहेको बताएका छन्।
अध्यक्ष ओलीले बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण एकै दिन परेको यस ऐतिहासिक तथा पावन दिनको स्मरण गरेका छन्।
‘आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो,’ उनले लेखेका छन्, ‘यसै दिन सिद्धार्थ गौतमले बोध प्राप्त गर्नुभयो र २५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो।’
ओलीले नेपालभित्र मात्र नभई संसारका सबै देशहरूबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम होस् भन्ने कामनासमेत गरेका छन्।
ओलीको सन्देश छ, ‘सबैको अन्तर्मनमा करुणाको दीप बलोस्।’
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार पूर्णस्तरको आपतकालीन नमूना उद्धार अभ्यास सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा विमानस्थलको स्वीकृत आपतकालीन योजनाअनुसार उद्धार अभ्यास सम्पन्न गरेको हो । उच्च उडान–अवतरण चाप रहेको विमानस्थलमा सम्भावित दुर्घटनाको अवस्थामा तयारी परीक्षण गर्ने उद्देश्यले अभ्यास गरिएको विमानस्थलका महाप्रवन्धक टेकनाथ सिटौलाले बताउनु भयो । सिटौलाका अनुसार आइकाओको प्रावधानअनुसार प्रत्येक दुई वर्षमा यस्ता पूर्णस्तरका अभ्यास अनिवार्य हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आइकाओको मापदण्डअनुसार बनेको विमानस्थल हो । यहाँ वायुयानको उडान अवतरणको चाप धेरै नै छ । आइकाओको मापदण्डअनुसार प्रत्येक दुई वर्षमा एकचोटि कुनै प्रकारको दुर्घटना भयो भने त्यसको तयारीको अवस्था स्वरुप हामीले स्वयं परीक्षण गर्नुपर्ने हुन्छ । त्यही मापदण्ड पुरा गर्नको लागि आज हामीले फुल स्केल इमरजेन्सी एक्सरसाइज गरिरहेका छौँ । यसमा धेरै वटा एजेन्सी समेत संलग्न हुनुहुन्छ । यस उद्धार अभ्यासको प्रतिवेदन आउँछ अनि हामी त्यसलाई कार्यान्वयन गर्छौँ’ उहाँले उद्धार अभ्यासको प्रतिवेदन आइसकेपछि त्यसको थप प्रभावकारी कार्यान्वयन गरिने बताउनु भयो
कास्की प्रहरीले सडकमा ध्वनी प्रदुषण फैलाउने र स्वरूप परिवर्तन गरी आतङ्क सिर्जना गर्ने मोटरसाइकलहरू लक्षित गरी सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ६७५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार यस अभियानका क्रममा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीमार्फत कुल १ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले रातको समयमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने, साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने र समाजमा भय सिर्जना गर्ने गतिविधि बढेपछि यो अपरेसन शुरु गरिएको जानकारी दिनुभयो । विशेषगरी पर्यटकीय शहर पोखरामा यस्ता गतिविधिले सुरक्षा चुनौती थपेको र जनगुनासो व्यापक आएकाले प्रहरीले कडाइ गरेको हो ।
प्रहरीकाअनुसार गत भदौ २४ गते पोखरामा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पती तोडफोड, आगजनी र लुटपाटमा स्वरूप परिवर्तन गरिएका बुलेट, क्रस फायर, पल्सर र भीआरजस्ता मोटरसाइकलहरूको व्यापक प्रयोग भएको पाइएको थियो । आन्दोलनका क्रममा व्यवसायीका घर जलाउने, लुटपाट गर्ने र प्रहरीको हतियार खोस्नेसम्मका उच्छृङ्खल गतिविधिमा यस्ता सवारी प्रयोग भएपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको थियो ।
सवारी चेकजाँच र नियन्त्रणका क्रममा प्रहरीमाथि दुव्र्यवहार तथा अभद्र व्यवहार गर्ने २९ जना चालकलाई समेत नियन्त्रणमा लिई मुद्दा चलाइएको डिएसपी बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सडकमा मोटरसाइकल पड्काउँदै हिँड्ने र नागरिकलाई त्रसित बनाउने कार्यलाई हामीले शून्य सहनशीलताका साथ नियन्त्रण गरिरहेका छौँ ।’ प्रहरीले विशेषगरी कलेज पढ्ने युवाहरू यस्ता गतिविधिमा बढी संलग्न रहेको पाइएकाले आफ्ना छोराछोरीलाई सम्झाउन र उनीहरूको क्रियाकलापमा निगरानी राख्न अभिभावकहरूलाई आग्रह गरेको छ । साथै, समाजमा त्यस्ता उश्रृङ्खल गतिविधि गर्ने सवारीसाधन देखिएमा वा कसैले दुःख दिएमा प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल जानकारी गराउन समेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ ।
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले सामाजिक सन्जालमा पोष्ट गरेको एक नक्सामा भारतमा पर्ने जम्मुकश्मिर क्षेत्रलाई पाकिस्तानमा देखाएपछि आलोचना भएको छ ।
निगमले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेको छ । र, उक्त नक्सा सामाजिक सन्जालबाट हटाइएको जानकारी दिएको छ ।
‘हाम्रा सामाजिक सन्जालमार्फत् हालै साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमायाचना गर्दछौं,’ नेपाल एयरलाइन्सले भनेको छ, ‘उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्सांकन त्रुटिहरु थिए ।’ सो नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने पनि स्पष्ट पारिएको छ ।
सो नक्सा हटाइसकेको र त्रुटिबारे आन्तरिक समीक्षा गरिरहेको एयरलाइन्सले जनाएको छ ।
‘हामीले उक्त पोस्ट हटाइसकेका छौं र हाम्रा सामग्रीहरुले उच्चतम शुद्धताको मापदण्ड पूरा गर्ने सुनिश्चित गर्न आन्तरिक समीक्षा गरिरहेका छौं,’ नेपाल एयरलाइन्सले सोसल मिडिया मार्फत् भनेको छ, ‘हामी छिमेकी र मित्रहरुसँगको हाम्रो सदृढ सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र उक्त पोस्टबाट कुनै पनि प्रकारको असहजता वा आपत्ति भए त्यसप्रति दु:ख व्यक्त गर्दछौं ।’
नेपाल एयरलाइन्सले पोष्ट गरेको नक्साको भारतमा विरोध भएको थियो । भारतीय नागरिकहरुले सोसल मिडिया प्लेटफर्ममा नेपाल एयरलाइन्स र जम्मुकश्मिरसँग सम्बन्धित ह्यासट्याग राख्दै तीखा प्रतिक्रिया दिएका थिए । कतिपयले नेपाल एयरलाइन्सलाई भारत विरोधी भनेर पनि आलोचना गरेका थिए ।
भोजपुरी सिनेमाका सुपरस्टार भनिने खेसारी लाल यादवले पनि यसप्रति कडा प्रतिक्रिया सार्वजनिक गरेका थिए । उनले एक्समा लेखेका छन्, ‘के सोचेर नेपाल एयरलाइन्सले भारतको नक्सामा यस्तो छेडछाड गरेको हो, त्यो पनि जम्मुकश्मिरलाई लिएर ? यो सामान्य कुरा होइन ।’