डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीको हैसियतमा काम गर्न पाउने अधिकार सुनिश्चित गरिपाऊँ भनी दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दैछ। उक्त रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशीको लागि तोकिएको हो।

ढकालले आफू नै रास्वपाको वैध महामन्त्री रहेको दाबी गर्दै सोही पदमा काम गर्न तथा गराउन पाउनुपर्ने मागसहित परमादेश तथा उत्प्रेषण आदेश माग गरेका छन्। उनले दायर गरेको रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, तथा पार्टी सभापति रवि लामिछानेलाई विपक्षी बनाइएको छ।
बुधबार दायर गरिएको सो रिट निवेदनमाथि सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्न लागेको हो।











