७ असार २०८२ — प्रतिनिधि सभाको बैठकमा अवरोधका बीच सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै यी दुवै दलले विगत २६ दिनदेखि संसद्मा निरन्तर विरोध जनाउँदै आएका छन्।











