ईम्वोईडरी एण्ड गार्मन्ट एशोसिएशन (एगा) पोखराको स्वदेशी कच्चा पदार्थ तथा सिप बिकास तालिम तथा अबलोकन भ्रमणको क्रममा रुकुम पुर्बको पर्यटन बिकास र पोखरा संगको संबन्ध बिस्तार संबन्धी अन्र्तकृया सम्पन्न भएको छ । रुकुमपुर्बमा रहेको मारिङ् बहुउद्धेश्यीय सहकारीको आयोजना तथा एगा पोखराको सहकार्यमा भएको अन्र्तकृयामा नेपाली कच्चा पदार्थ उत्पादन र सोही अनुसारको उद्योगको दिगोपनाका बारेमा अन्र्तकृया गरिएको थियो । कार्यक्रममा लुम्वीनि प्रदेशसभाका सभामुख तुलाराम घर्तीले रुकुमपुर्बलाई अर्गानिक जिल्ला घोषणा गराउन आफुल पहल गरेपनि घोषणा अनुसारको काम अगाडी बढ्न नसकेको उल्लेख गर्नुभयो । रुकुम जडिबुटीको खानी हो, पर्यटनको प्रचुर संभावना हो, कृषिको भण्डार हो तर राज्यले आफ्नो बलियो उपस्थिती रुकुममा देखाउन नखोज्नु, भएको पर्यटकिय संरचनाहरुलाई प्रचार गर्न नखोज्नु नै मुख्य समस्या भएको उहाँले बताउनु भयो । झोलामा फाईलबोक्नेहरुको हातमा कृषिको अनुदान पुग्ने नै समस्या भएको उहाँको भनाई थियो । मध्यपहाडी लोकमार्ग बिस्तार भएपछि रुकुम जस्ता हिमाली जिल्लाहरुको संभावनाको ढोका खुलेको पोखरा पर्यटन परिसदको पुर्ब अध्यक्ष चिरन्जीवी पोखरेलले बताउनु भयो । मध्यपहाडीकै कारण आफुहरु रुकुम सम्मको यात्रा गर्न संभव भएको र पोखरा पर्यटनको राजधानी भएका कारण पोखरा र रुकुमपुर्बलाई पर्यटनका माध्यम बाट जोड्ने काम आफुहरुले गर्ने उहाँको भनाई थियो । पर्यटन संगै रुकुमपुर्बमा भएका अल्लो , कृषि उपजको बजारीकरणमा आफुहरुले सस्थागत रुपमा सहकार्य गर्ने एगा पोखराका अध्यक्ष गोर्कण लम्सालले सो अबसरमा उल्लेख गर्नुभयो । कार्यक्रममा एगा पोखराका पुर्ब अध्यक्ष तथा सल्लाहकार जिवनाथ गौतमले उत्पादन गर्न सके आफुहरुले बजारीकरणको जिम्मा लिन सक्ने बताउनुुभयो । एगा पोखराका पुर्ब अध्यक्ष तथा पर्यटन ब्यबशायि बिस्वराज पोखरेलले उत्पादन गर्नका लागि आफुहरुले अग्रिम लगानी गर्न सक्ने सो अबसरमा जानकारी दिनुभयो । अल्लो लगायतका बस्तुहरुको कच्चा पदार्थ संकलन र प्रशोधनका लागि राज्यले पनि सहयोग गर्नुपर्नेमा मोरीङ् सहकारीका अध्यक्ष रामसुर बुढामगरले जोड दिनुभयो । सिस्ने गाऊपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाऊपालिका अध्यक्ष ओम प्रकाश श्रेष्ठ लगायत रुकुम पुर्बमा जनप्रतिनिधीहरुले मध्यपहाडी लोकमार्गले संभावनाको ढोका खोलेको तर रुकुमका अर्गानिक बस्तुहरुको बारेमा प्रचार हुन नसकेको उल्लेख गर्नुभयो । रुकुममा रहेको ऐतिहासिक युद्ध संग्राहलय, गुरील्ला ट्रेक चुनवाङ्ग बैठक स्थलले नेपालको राजनितिक परिबर्तनका लागि गरेको योगदान र बलिदानको ईतिहास बुझाउने र कमल दह लगायतका थुप्रै पर्यटकीय गन्तब्यहरुको रहेकोमा आगामी दिनमा प्रचारप्रसारमा जोड दिने उहाँहरुको भनाई थियो । कार्यक्रममा एगा पोखराका उपाध्यक्ष तथा सिपबिकास अबलोकन भ्रमणका संयोजक गिता ढकाल पौडेलले मध्यपहाडीका कारण पोखरा संगको यात्रा छोटो भएकालेपनि रुकुमपुर्ब र पोखराको संबन्ध बिस्तारमा सहयोग पुगेको बताउनु भयो । अन्र्तकृया कार्यक्रम संगै अल्लो बाट उत्पादित बस्तुबारे गरिएको तालिममा एगा पोखराका सचिव माया सुबेदीले सहजिकरण गर्नुभएको थियो । तालिममा करिव ६० जनाको सहभागिता रहेको थियो । दुईदिन सम्म चलेको तालिममा एगा पोखराका सहसचिव सुरेन्द्र पौडेल, कोषाध्यक्ष शुशिल ढकाल लगायतले तालिमका अबसरमा अनुभव शेयरीङ्ग गर्नुभएको थियो ।












