२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशसुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा वर्षाका कारण पर्न सक्ने सम्भावित प्रभावका बारेमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित रहेको छ। यस प्रभावले कर्णालीसुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा अधिकांश स्थानमा बदली रहेको छ, भने बाँकी भूभागमा सामान्य बदली देखिएको छ।

मधेश प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका केही थोरै स्थानमा मध्यम वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।

📍 दिउँसोको अवस्था:

आज दिउँसो कोशी, लुम्बिनी, कर्णालीसुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा अधिकांश स्थानमा बदली रहनेछ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र अन्य स्थानका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ।

🌙 रातिको पूर्वानुमान:

आज राति देशभर सामान्यतया बदली रहनेछ।

कोशीमधेश प्रदेशका केही स्थानमा, बागमती, गण्डकीसुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षा हुन सक्ने स्थानमा जनजीवन, स्वास्थ्य, यातायात र पूर्वाधारमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।