
अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
सिगास गाउँपालिका–९ रमिलापुरमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। यसले गर्दा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्ने घटना भइरहने भएकाले यातायातमा समस्या हुँदै आएको छ।
अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेयले बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको थप कर लगाउने धम्कीबीच रुसका लागि भारतीय राजदूत विनय कुमारले रुसी उपरक्षामन्त्री जनरल अलेक्ज्याण्डर फोमिनसँग भेट गरेका छन्। उक्त भेटमा दुवै पक्षले द्विपक्षीय रक्षा सहयोग प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
रुसी रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, “भारतीय राजदूतले अन्तर्राष्ट्रिय रक्षा सहयोगको जिम्मेवारी सम्हालिरहेका जनरल फोमिनसँग भेट गरेका हुन्। भेटघाट परम्परागत रूपमा न्यानो र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भयो।”
विज्ञप्तिमा थप भनिएको छ, “दुवै पक्षबीच रक्षा क्षेत्रमा पारस्परिक सहयोगसँग सम्बन्धित सान्दर्भिक विषयहरूमा विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा रणनीतिक साझेदारीको भावना अनुरूप यो सहयोगलाई अझ सुदृढ बनाउने मनसाय व्यक्त गरिएको थियो।”
यो भेट यस्तो समयमा भएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट कच्चा तेल खरिद गरेकोमा भारतमाथि आगामी २४ घण्टाभित्र कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन्।
उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीरगंगा गदेरामा मंगलबार अचानक आएको बाढीका कारण चार जनाको मृत्यु भएको छ। बाढीले धेरै घर तथा होटलहरू बगाएको जनाइएको छ।
उत्तरकाशीका जिल्ला प्रशासक प्रशान्त आर्यले घटनामा चार जनाको मृत्यु पुष्टि गरेका छन्। त्यहीबीच, एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईसँग भने, “अहिलेसम्मको जानकारीअनुसार करिब ४० देखि ५० घरहरू बगाएका छन् र ५० भन्दा बढी मानिसहरू बेपत्ता छन्।”
गंगोत्री धामभन्दा करिब २० किलोमिटरअगाडि अवस्थित धराली, चारधाम यात्राको समयमा ठूलो संख्यामा भक्तजनहरू बस्ने प्रमुख बिसौनी हो।
हाल सेनाका साथसाथै एसडीआरएफ, एनडीआरएफ तथा जिल्ला प्रशासनका टोलीहरू राहत तथा उद्धार कार्यमा खटिएका छन्।
बादल फाट्नु भनेको के हो?
मौसम विभागको परिभाषा अनुसार, एक घण्टामा एकदेखि दस किलोमिटरको सानो क्षेत्रमा १० सेन्टिमिटर वा सोभन्दा बढी वर्षा भएमा त्यसलाई “बादल फाट्नु” (Cloud Burst) भनिन्छ।
कहिलेकाहीँ एउटै स्थानमा एकभन्दा बढी बादल फाट्न सक्ने हुँदा ठुलो जनधनको क्षति हुनसक्छ। सन् २०१३ मा उत्तराखण्डमा यस्तै घटना भएको थियो। तर, भारी वर्षाको हरेक घटनालाई बादल फाट्नु मानिँदैन।
यहाँ बुझ्नुपर्ने कुरा के हो भने, एक घण्टामा १० सेन्टिमिटर वर्षाले आफैँमा धेरै क्षति नपुर्याए पनि यदि वरपरमा नदी, खोला वा ताल रहेर ती भरिए भने बाढीबाट ठूलो क्षति हुनसक्छ।
के बादल फाट्ने घटना मनसुनमा मात्र हुन्छ?
यस्ता घटना प्रायः मनसुनको समयमा वा प्री-मनसुन अवधिमा बढी हुने गर्छन्। भारतको उत्तरी भागमा विशेषतः मेदेखि अगस्टसम्म यस्तो मौसमी प्रभाव देखिन्छ।
के बादल फाट्ने पूर्वानुमान गर्न सकिन्छ?
बादल फाट्ने घटना सानो भौगोलिक क्षेत्रमा हुने भएकाले यसको भविष्यवाणी गर्नु कठिन हुन्छ। मौसम विभागले राडारद्वारा ठूलो क्षेत्रका लागि भारी वर्षाको चेतावनी दिन सक्छ तर कुन ठाउँमा बादल फाट्नेछ भन्ने ठ्याक्कै भविष्यवाणी गर्न सकिँदैन।
यस्ता साना स्तरका मौसमी घटनाहरूको अनुगमन गर्न मौसम विभागलाई:
-
बाक्लो राडार नेटवर्क, वा
-
उच्च रिजोल्युसनको मौसम पूर्वानुमान मोडेलहरू आवश्यक पर्छ।
किन पहाडी क्षेत्रमा बढी हुन्छ?
बादल फाट्ने समस्या समथर क्षेत्रमा पनि हुनसक्छ, तर पहाडी क्षेत्रमा यो धेरै देखिन्छ। यसको कारण पहाडका भिरालो भूभागले बादल उठ्न र एकैचोटि अत्यधिक वर्षा गराउन अनुकूल वातावरण बनाउँछ।
उखुमा किसानलाई दिइँदै आएको अनुदान हटाउने सरकारको नीतिविरुद्ध रौतहटका किसान सडकमा उत्रिएका छन्। बुधबार कटहरिया नगरपालिका–९ स्थित बाबा बैजूनाथ सुगर एन्ड केमिकल्स मिल्स अगाडि किसानहरूले टायर बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
उखु उत्पादक संघ, रौतहटका अध्यक्ष अशोक यादवको नेतृत्वमा गरिएको प्रदर्शनमा किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तत्काल उपलब्ध गराउन, आर्थिक वर्ष २०८२/८३ को उखु मूल्य तुरुन्त निर्धारण गर्न, तथा पुरानो बाँकी अनुदान रकम छिटोभन्दा छिटो भुक्तानी गर्न माग गरेका छन्।
प्रदर्शनपछि आयोजित कोणसभामा किसान नेताहरू अशोक यादव, रामभरोस यादव, कुमार चौलागाईं, र राजकुमार दास लगायतले आक्रोश व्यक्त गर्दै सरकार आफूहरूको मागप्रति गम्भीर नभए आगामी भदौ ८ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गर्ने चेतावनी दिएका छन्।
संघर्षरत किसानहरूको पक्षमा बोलेका बाबा बैजूनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले पनि किसानको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई अपिल गरेका छन्।
प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, उनीहरू लु.९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक हजार दरका ३८ थान नक्कली नोट (कुल ३८ हजार रुपैयाँ) बरामद गरिएको छ।
प्रहरी अनुसन्धानका क्रममा आरोपीहरूले उक्त रकम ‘अर्कै व्यक्तिले दिएको’ भन्ने बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्रीदर तोकिएको छ।
राष्ट्र बैंकका अनुसार आजको विनिमय दर निम्नानुसार छ:
🔸 प्रमुख विदेशी मुद्राको दर:
-
अमेरिकी डलर (USD)
-
खरिददर: रु. 140.19
-
बिक्रीदर: रु. 140.79
-
-
युरोपियन युरो (EUR)
-
खरिददर: रु. 161.84
-
बिक्रीदर: रु. 162.53
-
-
ब्रिटिश पाउण्ड स्ट्रलिङ (GBP)
-
खरिददर: रु. 186.14
-
बिक्रीदर: रु. 186.93
-
-
स्वीस फ्र्याङ्क (CHF)
-
खरिददर: रु. 173.03
-
बिक्रीदर: रु. 173.77
-
-
अष्ट्रेलियन डलर (AUD)
-
खरिददर: रु. 90.55
-
बिक्रीदर: रु. 90.94
-
-
क्यानेडियन डलर (CAD)
-
खरिददर: रु. 101.59
-
बिक्रीदर: रु. 102.03
-
-
सिङ्गापुर डलर (SGD)
-
खरिददर: रु. 108.80
-
बिक्रीदर: रु. 109.27
-
🔸 एशियाली मुद्राहरू:
-
जापानी येन (JPY) [१० येनको दर]
-
खरिददर: रु. 9.50
-
बिक्रीदर: रु. 9.54
-
-
चिनियाँ युआन (CNY)
-
खरिददर: रु. 19.51
-
बिक्रीदर: रु. 19.59
-
-
साउदी अरेबियन रियाल (SAR)
-
खरिददर: रु. 37.37
-
बिक्रीदर: रु. 37.52
-
-
कतारी रियाल (QAR)
-
खरिददर: रु. 38.46
-
बिक्रीदर: रु. 38.63
-
-
थाइ भाट (THB)
-
खरिददर: रु. 4.32
-
बिक्रीदर: रु. 4.34
-
-
युएई दिराम (AED)
-
खरिददर: रु. 38.17
-
बिक्रीदर: रु. 38.33
-
-
मलेसियन रिङ्गेट (MYR)
-
खरिददर: रु. 33.16
-
बिक्रीदर: रु. 33.30
-
-
दक्षिण कोरियन वन (KRW) [१०० वोनको दर]
-
खरिददर: रु. 10.08
-
बिक्रीदर: रु. 10.13
-
🔸 अन्य मुद्राहरू:
-
स्विडिस क्रोनर (SEK)
-
खरिददर: रु. 14.48
-
बिक्रीदर: रु. 14.54
-
-
डेनिस क्रोनर (DKK)
-
खरिददर: रु. 21.69
-
बिक्रीदर: रु. 21.78
-
-
हङकङ डलर (HKD)
-
खरिददर: रु. 17.86
-
बिक्रीदर: रु. 17.94
-
-
कुवेती दिनार (KWD)
-
खरिददर: रु. 458.45
-
बिक्रीदर: रु. 460.41
-
-
बहराइन दिनार (BHD)
-
खरिददर: रु. 371.84
-
बिक्रीदर: रु. 373.43
-
-
ओमानी रियाल (OMR)
-
खरिददर: रु. 364.12
-
बिक्रीदर: रु. 365.67
-
🔸 भारतीय रुपैयाँ (INR):
-
१०० भारतीय रुपैयाँको खरिददर: रु. 160.00
-
१०० भारतीय रुपैयाँको बिक्रीदर: रु. 160.15
नेपाल राष्ट्र बैंकले यस्ता विनिमय दरहरू आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा वर्षाका कारण पर्न सक्ने सम्भावित प्रभावका बारेमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित रहेको छ। यस प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा अधिकांश स्थानमा बदली रहेको छ, भने बाँकी भूभागमा सामान्य बदली देखिएको छ।
मधेश प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका केही थोरै स्थानमा मध्यम वर्षा भइरहेको जानकारी महाशाखाले दिएको छ।
📍 दिउँसोको अवस्था:
आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा अधिकांश स्थानमा बदली रहनेछ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र अन्य स्थानका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ।
🌙 रातिको पूर्वानुमान:
आज राति देशभर सामान्यतया बदली रहनेछ।
कोशी र मधेश प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने स्थानमा जनजीवन, स्वास्थ्य, यातायात र पूर्वाधारमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन गएको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल–भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार राति करिब १० बजे भारत निकासीका लागि ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमान्डमा १० सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
त्यहाँ पुगेको प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेपछि आत्मरक्षाको लागि प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो। सोही क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको डीएसपी बस्नेतले जानकारी दिए।
गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको बस्नेतले बताए।
प्रहरीले कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ। त्यहाँ थप मदिरा पनि रहेको जनाइएको छ। मदिरा नियन्त्रणमा लिन खोज्दा तस्कर समूहले ढुङ्गामुढा प्रहार गरेकाले स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीको भनाइ छ।
ढुङ्गामुढाबाट दुई प्रहरी घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।
मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत स्थापना गरिएको खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट हालसम्म ५० जना खेलाडी लाभान्वित भएका छन्।
मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराँते, बक्सिङ, कुस्ती, तेक्वान्दो र जुडो खेलका खेलाडीहरूको परीक्षण सम्पन्न गरिएको हो। फुटबल खेलाडीहरूको परीक्षण प्रक्रिया अझै जारी रहेको छ भने एक सातापछि अन्य खेलका खेलाडीहरूको परीक्षणसमेत सम्पन्न हुने केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिएका छन्।
परीक्षणमा बायोमेकानिक्स, कार्डियो भास्कुलर इन्ड्युरेन्स, मसल्स पावर, आइसोमेट्रिक स्ट्रेन्थ, शरीरको पोस्टर, चालको अवस्था, थकानको मापन, लाक्टिक एसिड परीक्षण, दौडने क्षमता, निर्णय गर्ने क्षमतालगायतका पक्षहरू समावेश गरिएको थियो।
राखेपले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत खेलाडीहरूको समग्र पक्ष परीक्षण र अनुसन्धान गरी प्रशिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमै पहिलोपटक यस्तो प्रकारको अनुसन्धान केन्द्र स्थापना गरेको हो।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हाताभित्र स्थापना गरिएको उक्त केन्द्रको उद्घाटन गत असार २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।





