२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

राष्ट्रिय टिमको खेलाडी परीक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत स्थापना गरिएको खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट हालसम्म ५० जना खेलाडी लाभान्वित भएका छन्।

मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराँते, बक्सिङ, कुस्ती, तेक्वान्दोजुडो खेलका खेलाडीहरूको परीक्षण सम्पन्न गरिएको हो। फुटबल खेलाडीहरूको परीक्षण प्रक्रिया अझै जारी रहेको छ भने एक सातापछि अन्य खेलका खेलाडीहरूको परीक्षणसमेत सम्पन्न हुने केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिएका छन्।

परीक्षणमा बायोमेकानिक्स, कार्डियो भास्कुलर इन्ड्युरेन्स, मसल्स पावर, आइसोमेट्रिक स्ट्रेन्थ, शरीरको पोस्टर, चालको अवस्था, थकानको मापन, लाक्टिक एसिड परीक्षण, दौडने क्षमता, निर्णय गर्ने क्षमतालगायतका पक्षहरू समावेश गरिएको थियो।

राखेपले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत खेलाडीहरूको समग्र पक्ष परीक्षण र अनुसन्धान गरी प्रशिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमै पहिलोपटक यस्तो प्रकारको अनुसन्धान केन्द्र स्थापना गरेको हो।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हाताभित्र स्थापना गरिएको उक्त केन्द्रको उद्घाटन गत असार २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।